काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आजसोमबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख दुई हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार छापावाला सुनको प्रतितोला एक लाख दुई हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो । यस्तै, तेजावी सुन प्रतितोला एक लाख एक हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार तीन सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार २९ डलर हाराहारीमा किनबेच भइरहेको छ ।
वि.सं.२०७७ साउन २६ सोमवार १२:४० मा प्रकाशित