back
NMB ad

गोंगबु हत्याकान्ड : महिला र मृतकबीचको के थियो सम्बन्ध ? यसकारण गरिन् हत्या !

Kumari bank ad

काठमाडौं । काठमाडौंको गोंगबुमा सुटकेशमा भेटिएको शवको पहिचान भएसँगै प्रहरीले हत्यारा भेटिएको दाबी गरेको छ । प्रहरीले हत्यामा संग्लन आरोपमा एक महिलालाई चितवनबाट पक्राउ गरेको छ । महिलाको वास्तविक ठेगाना चितवनको कालिका नगरपालिकामा हो ।

महिलासँगै प्रहरीले एम्बुलेन्स चालकलाई समेत नियन्त्रणमा लिएको छ । एक उच्च प्रहरी अधिकारीका अनुसार महिला कृष्णबहादुर बोहोराको हत्यापछि एम्बुलेन्समा चितवन पुगेकी थिइन् । उनी चितवन गएको एम्बुलेन्सका चालकलाई पनि पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

महिला र मृतकबीचको सम्बन्ध के थियो ?

प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेकी महिला र मृतकबीच प्रेम सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरु लामो समयदेखि एक अर्कासँग परिचित थिए । उनीहरु बेला बेलामा एक अर्काको कोठामा आउजाउ देखिएको प्रहरी अनुसन्धानपछि खुलेको एक उच्च अधिकारीले जानकारी गराएका छन् ।

मृतक बोहराको परिवार नेपालगन्जमा रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकी महिलाका श्रीमान् वैदेशिक रोजगारीमा छन् । स्रोतका अनुसार शनिबार पनि ती महिलाले आफ्नै कोठामा बोहोरालाई बोलाएकी थिइन् ।

पहिले बेहोस् पारिन् अनी घाँटी रेटिन्

प्रहरी स्रोतका अनुसार शनिबार कृष्ण ती महिलाको कोठामा पुगेका थिए । त्यसक्रममा सुरुमा ती महिलाले कृष्णलाई बेहोस हुने औषधि खुवाएकी थिइन् ।

कृष्णले ती महिलाकी १४ वर्षीया छोरीलाई समेत ‘आखा लगाएपछि’ उनले हत्या योजना बनाएको खुलेको छ । कृष्णलाई बेहोस् बनाएपछि उनले धारिलो हतियारले घाँटी रेटेको प्रहरी दाबी छ ।

हत्यापछि शव प्याकिङ गरेर फालिएको थियो । त्यसपछि उनी एम्बुलेन्स बोलाएर चितवन गएकी थिइन् । यसबाहेक उनीहरुबीच आर्थिक लेनदेन हुनसक्ने प्रहरी आशंका छ ।

आइतबार गोंगबुमा सुटकेशभित्र टाउको र खुट्टाबिनाको शव फेला परेको थियो । कुकुरको सहयोगमा प्रहरीले केही दुरीमै टाउको र खुट्टा भएको झोला भेटेको थियो ।

सुरुमा मृतकको पहिचान हुन सकेको थिएन । मृतकको काटिएको टाउको सार्वजनिक भएपछि शवको सनाखत भएको थियो । हत्या गरिएका कृष्णबहादुर बोहरा भएको खुलेको थियो । उनी मित्रनगरस्थित एक गेस्ट हाउसमा बस्दै आएको खुलेको छ । उनी गार्मेन्ट उद्योगमा काम गर्दै आएको खुलेको छ ।  (बाह्रखरीबाट)

वि.सं.२०७७ साउन २७ मंगलवार ०९:१० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...