back
NMB ad

कर्मचारीले अब ड्युटी रोस्टर बनाइ काम गर्ने : ७ दिन काममा आउने, ७ दिन नआउने

Kumari bank ad

काठमाडौं । नेपाल आयल निगमका कर्मचारी ७/७ दिनको रोटेसन काममा आउनुपर्ने भएको छ । निगमका सबै कार्यालय तथा डिपोले सोहीअनुसारको ड्युटी रोस्टर बनाइ काम गर्ने भएका हुन् ।

देशमा कोभिड-१९ संक्रमण बढेको अवस्थामा निगमले सम्भावित जोखिम कम गर्न विभाग, कार्यालय तथा डिपोले कमभन्दा कम कर्मचारीमार्फत काम गर्नेगरी ड्युटी रोस्टर बनाउने भएका हुन् ।

निगमको योजना, प्रशासन तथा मान संसाधन विकास विभागले आफू मातहत सबै कार्यालयलाई गरेको परिपत्रमा ती कार्यालयले रोस्टर बनाएर आफूलाई जानकारी गराउन उल्लेख छ ।

कोभिड-१९ बाट बच्‍न निगमको सेवा निरन्तर सञ्चालन गर्न भन्दै निगम व्यवस्थापनबाट यस्तो निर्णय गरेको हो । विभागले जारी गरेको परिपत्रमा सात दिन कार्यालय आउने र सात दिन नआउने व्यवस्था गर्न उल्लेख छ ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले  भने, “निकै कठिन समय आएको छ । यस्तोमा इन्धनको आपूर्ति व्यवस्था बिथोलिन नदिन निगमलाई ठूलो चुनौती छ ।” उनका अनुसार निगमको कोर अपरेसनको काम गर्न सक्ने सयजना मात्र कर्मचारी छन् । ती सबै फिल्डमा हुन्छन् । र, उनीहरूलाई संक्रमण देखिए मुख्य अपरेसनको कामै ठप्प हुन्छ ।

उनले भने, “डिप लिने, गुणस्तर कायम गर्ने कामजस्ता पूर्ण प्राविधक काम अर्को व्यक्तिबाट गराउन सकिँदैन । त्यसकारण आपूर्ति बिथोलिन सक्छ ।” पौडेलले ७/७ दिनमा पीसीआर परीक्षण गर्दा कोभिड-१९ को संक्रमणको संकेत देखिने र सोहीअनुसार व्यवस्थापन गर्न सकिने भएकाले ७/७ दिनको रोटेसनका लागि निर्देश गरिएको बताए । -बाह्रखरीबाट

वि.सं.२०७७ साउन २७ मंगलवार ११:२४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...