back
NMB ad

भोलिदेखि सार्वजनिक तथा निजी यातायात बन्द, पैदल यात्रामा पनि रोक

Kumari bank ad

रुकुम पश्चिम । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिकाको खलङ्गा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमणलाई नियन्त्रण गर्न भन्दै बुधबार बिहान ४ बजेदेखि भदौ २ गतेसम्म सदरमुकामको खलङ्गामा निषेधाज्ञा गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले मंगलवार सार्वजनिक सूचना निकालेर सदरमुकामको खलङ्गा बजार क्षेत्रमा निषेधाज्ञा गरिएको जनाएको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्लेदेखि खलङ्गा बजार हुँदै शीतलपोखरी चोकसम्म र पिपलनेटादेखि सेरीगाउँ हुँदै वडा नम्बर ६ को कार्यालयभित्रको क्षेत्र सिल गरिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिनुभयो ।

संक्रमण रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम चार किल्ला उल्लेख गरी पूर्णतया निषेध (क्षेत्र सिल) गर्ने निर्णय भएको प्रशासनले जनाएको छ ।

सिल गरिएको क्षेत्रमा रहेका सबै होटल तथा पसल, सार्वजनिक तथा निजी यातायातका साथै पैदल यात्रामा समेत रोक लगाइएको छ । अत्यावश्यक कामका लागि पास भएका तथा बिरामी बोकेका एम्बुलेन्स मात्रै सञ्चालन गर्न प्रशासनले सबैलाई आग्रह गरेको छ ।

सिल गरिएको क्षेत्रमा अति आवश्यक सेवा भने सञ्चालन रहने छ । प्रशासनको निर्णय उल्लङ्घन गरे सङ्क्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।  सदरमुकाम खलङ्गा बजारका एक व्यवसायीलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

वि.सं.२०७७ साउन २७ मंगलवार १७:०२ मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...