काठमाडौं । नेपालमा थप ४८४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४८१ पीसीआर परीक्षण मध्ये सो संख्यामा संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ६४ जना डिस्चार्ज भएका छन्। हालसम्म १६ हजार ७२८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
वि.सं.२०७७ साउन २८ बुधवार १६:३४ मा प्रकाशित