back
Mega Long Ad

फेरि यस्तो आयो शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । कोरोना महामारीको जोखिम बढेको भन्दै बढीमा ५० प्रतिशत कर्मचारीलाई मात्रै कार्यालयमा आउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मातहतका निकायलाइ निर्देशन दिएको छ ।

बिहीबार एक परिपत्र जारी गर्दै मन्त्रालयले बाँकी कर्मचारीहरूले आलोपालो हुने गरी घरैबाट काम गर्न भनेको छ । यसअघि यही २६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले दुई सय भन्दा बढी संक्रमित भएका जिल्लामा बढीमा ५० प्रतिशत कर्मचारी राखेर कार्यालय चलाउनु पर्ने निर्णय गरेको थियो ।

मन्त्रालयले शिक्षक सेवा आयोग, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, केशर पुस्तकालय, राष्ट्रिय किताब खाना ९शिक्षक०, सिटीईभिटी, विश्व विद्यालय अनुदान आयोग र डिल्लीरमण कल्याण स्मारक पुस्तकालयलाई यस्तो निर्देशन दिएको हो ।

यस्तै, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, शिक्षाका लागि खाद्य कार्यक्रम परियोजना, सीटीईभीटी परियोजना, मन्त्रालयअन्तर्गतका सबै महाशाखा, शैक्षिक गुणस्तर परीक्षण केन्द्र, पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय पुस्तकालय, चिकित्सा शिक्षा आयोग र जनक शिक्षा सामग्री केन्द्रलाई आधा भन्दा कम कर्मचारीबाट कार्यालय सञ्चालन गर्न निर्देशन दिएको हो ।

वि.सं.२०७७ साउन २९ बिहीवार १८:५५ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...