back
NMB ad

सार्वजनिक यातायात भोलिदेखि पूर्णरुपले बन्द गर्ने ! (सूचनासहित)

Kumari bank ad

सर्लाही । समुदायस्तरमै कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि सर्लाहीको हरिवन नगरपालिका सिल गरिएको छ ।

गएको साउन २६ गते चार सय ११ जनाको स्वाब परीक्षण गर्दा २२ जना स्थानीयमा कोरोना सङ्क्रमण पुष्टि भएपछि शुक्रबारदेखि १५ दिनका लागि नगर क्षेत्र पूर्णरुपले (सिल) बन्द गरिएको नगर प्रमुख गणेशप्रसाद प्रसाईंले जानकारी दिनुभयो ।

यसैबीच कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि लालबन्दी नगरपालिका भने गएको बुधबारदेखि नै सिल गरिएको छ । एक सय ८६ जनाको स्वाब सङ्कलन गरेर परीक्षण गर्दा वडाध्यक्षसहित पाँच जनामा कोरोना भाइरस पोजेटिभ भएको रिपोर्ट आएको थियो ।

त्यसपछि फेरि सङ्क्रमितका परिवार तथा कन्ट्याक्ट ट्रेसिङको आधारमा परीक्षण गर्दा शुक्रबार १८ जना नयाँ सङ्क्रमित थपिएको नगर प्रमुख मानबहादुर खड्काले जानकारी दिनुभयो ।

हरिवन नगरपालिका र लालबन्दी नगरपालिकाले नगर क्षेत्रमा औषधि पसलबाहेक अरु पसल तथा निजी तथा सार्वजनिक यातायात पूर्णरुपले बन्द गर्ने जनाएको छ । सर्लाही अहिलेसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ सय ९९ पुगेको छ भने दुई जनाको ज्यान गएको छ ।

वि.सं.२०७७ साउन ३० शुक्रवार १८:२६ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...