back
NMB ad

टाटा मोटर्सले बजारमा ल्याउँदैछ ५ नयाँ मोडलका कार

Kumari bank ad

काठमाडौं । भाारतीय चर्चित गाडी उत्पादक कम्पनी टाटा मोटर्सले आगामी ८ महिना भित्र ५ नयाँ मोडलका कार बजारमा ल्याउने भएको छ ।

एकपछि अर्को नयाँ मोडल बजारमा ल्याइरहेको कम्पनीले हेग्जा सफारी एडिसन, ग्राभिटास, एचबीएक्स, अल्ट्रोज इभी र ह्यारीयर (नेपालमा नाम एच५) पेट्रोलमा बजारमा ल्याउने भएको हो ।

हेग्जा सफारी
– यो कार अटो एक्स्पो २०२० मा शोकेस गरेको थियो । चाँडै बजारमा ल्याउने क्रममा रहेको छ ।
– यो कारमा २.२ लिटर भिक्टर ४०० इन्जिन उपलब्ध रहने छ ।
– उक्त इन्जिनले अधिकतम १५६ पीएस पावर र ४०० एनएम टर्क प्रदान गर्ने छ ।
– यसमा ७ इन्चको इफोटेन्टमेन्ट सिस्टम, १० स्पीकर, क्रुज कन्ट्रोल र रियर पार्किङ क्यामेरा जस्ता फिचर उपलब्ध रहने छ ।

ग्राभिटास
– यो पनि २०२० अटो एक्स्पोमा शो गरिएको थियो ।
– यसलाई ह्यारीयर (नेपालमा एच ५) कै ७ सिटर भर्सनको रुपमा लिइएको छ ।
– यसमा २।० लिटर डिजेल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १७० पीएस पावर र ३५० एनएम टर्क प्रदान गर्ने छ ।

एचबीएक्स


– यो पनि अटोएक्स्पो २०२० मा शोकेस गरेको कार हो ।
– यो कम्पनीकै सबैभन्दा सानो एसयूभी हुने छ ।
– यसको मूल्य टाटा नेक्सनभन्दा कम रहने छ ।
– यसमा कम्पनीले १.२ लिटर पेट्रोल इन्जिन दिने छ । उक्त इन्जिनले ८६ पीएस पावर र ११३ एनएम टर्क प्रदान गर्ने छ ।
– यसमा सबै किसिमका आधुनिक फिचर उपलब्ध रहने छ ।

अल्ट्रोज इभी

– यसले एक पटकको फुल चार्जमा ३०० किमि रेञ्ज प्रदान गर्ने छ ।

यो निकै प्रिमियम फिचरले भरिपूर्ण इलेक्ट्रीक कार हुने छ ।

ह्यारीयर (नेपालमा एच ५) एसयूभी

– यो कार पेट्रोल भेरियन्टमा आउँदै छ र यसमा १.५ लिटर पेट्रोल इन्जिन दिइने छ ।
– यसले १५० पीएस पावर र २५० एनएम टर्क प्रदान गर्ने कम्पनीले जनाएको छ ।
– यसमा ६ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स रहने छ ।

वि.सं.२०७७ भदौ २ मंगलवार ०६:२५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...

निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको टरवाइनको परीक्षण अन्तिम चरणमा   

निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको टरवाइनको परीक्षण अन्तिम चरणमा   

वि.सं.२०८० चैत १५ बिहीवार १२:५६

ज्ञानेन्द्र न्यौपाने     रसुवा, १५ चैत : उत्तरी रसुवामा निर्माणाधीन...

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु   

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु   

वि.सं.२०८० चैत १५ बिहीवार १२:४४

अच्युत रेग्मी काठमाडौँ, १५ चैत : गत फागुन २३ गते...