back
NMB ad

१० दिनको उधारो सेवा दिँदै डिशहोम, कसरी लिने सुविधा ?

Kumari bank ad

काठमाडौं । डिश मिडिया नेटवर्कको डिशहोम क्रेडिट सर्भिस अब १० दिनसम्म प्रयोग गर्न पाइने भएको छ । नेपालको एकमात्र डीटीएच सेवा प्रदायक कम्पनीको रुपमा रहेको डिशहोमले कोभिडको अप्ठ्यारोमा सहजताका लागि यस्तो सुविधा ल्याएको हो ।

कम्पनीले आफ्ना ग्राहकहरुका लागि उत्कृष्ट सेवाहरु प्रवाह गर्ने बचनवद्धता अनुरुप आफ्ना ग्राहकहरुलाई सधैं थप सेवा प्रदान गर्दै आएको छ । यस अन्तर्गत डिशहोमले आफ्ना ग्राहकहरुलाई ब्यालेन्स समाप्त भइसकेपछिको पाँच दिनसम्म म्याद थपको  विधा दिँदै आएको थियो ।

कम्पनीले अब उक्त उक्त सेवाको म्याद थप गरि १० दिन पु¥याएको हो । यो सेवामार्फत कम्पनीका ग्राहकले एकपटक खरिद गरेको नियमित सेवाको अवधि समाप्त भएपछिको १० दश दिनको क्रेडिट सेवा प्राप्त गर्न सक्नेछन् ।

कसरी लिने डिशहोमको उधारो ?

डिशहोम क्रेडिट सर्भिस लिनका लागि मोबाइलको म्यासेज बक्समा गई गएर ‘CREDIT CustomerID’ टाईप गरी ३२५०० मा म्यासेज पठाउनुहोस् । १० दिनको क्रेडिट (उधारो) प्राप्त भएको जानकारी तपाइले मोबाइलमै पाउनुहुनेछ ।

साथै मिसकल गरेर समेत यो सेवा लिन सकिनेछ । त्यसका लागि ९८०१११२२३३ मा मिसकल गरे पुग्छ । यसरी तपाईंले ब्यालेन्स सकिएको अवस्थामा समेत डिशहोमको सेवा सुचारु राख्न सक्नुहुनेछ ।

डिशहोम क्रेडिट सर्भिस सेल्फ–सर्भिस मोडल सेवा हो, जुन ग्राहकहरुको सहजता अनुरुप डिशहोम ग्राहक सेवा केन्द्र मार्फत् वा डिशहोम मोबाइल एपमा दर्ता भएर, मोबाइल एसएमएस मार्फत् सुचारु गर्न सकिन्छ ।

नेपालकै सबैभन्दा टेलिभिजन वितरकको रुपमा रहेको डिशहोमले विगत १० वर्षभन्दा अघिदेखि २० लाखभन्दा धेरै ग्राहकहरु माझ आफ्नो विश्वस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

वि.सं.२०७७ भदौ ८ सोमवार १४:२५ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...