back
NMB ad

कोरोना अपडेट : थप ७४३ जनामा संक्रमण, उपत्यकामा मात्रै २२४ जना, कुल संक्रमित कति ?

Kumari bank ad

काठमाडौँ । नेपालमा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा २२४ सहित देशभर ७४३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २३४ जनामा गरेको पीसीआर परीक्षणबाट ७४३ नयाँ संक्रमित देखिएका हुन् । योसँगै संक्रमितको कुल संख्या ३२ हजार ६७८ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार आज उपत्यकामा देखिएका थप २२४ कोरोनाका सङ्क्रमितमध्ये काठमाडौँका १७७, लतिपुरका ३३ र भक्तपुरका १४ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १७५ जना कोरोना जितेर घर फर्किएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १८ हजार ८०६ पुगेको छ । देशभरका क्वारेन्टिनमा ११ हजार २७५ जना रहेका छन् । आज देशभर सक्रिय संक्रमितको संख्या जम्मा १३ हजार ७१५ रहेको छ ।

वि.सं.२०७७ भदौ ८ सोमवार १६:२० मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...