back
NMB ad

त्रिभुवन विश्वविद्यालयले जारी गर्यो अत्यन्त जरुरी सूचना

Kumari bank ad

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सम्पर्कमा नआएका विद्यार्थीको खोजी गरिदिन सार्वजनिक आह्वान गरेको छ । कोरोना भाइरसको महामारी तत्काल कम हुने सम्भावना कम भएको निष्कर्ष निकाल्दै त्रिविले विद्यार्थीलाई वैकल्पिक माध्यमबाट पढाइरहेको छ ।

वैकल्पिक माध्यमबाट विद्यार्थीलाई अध्ययन गराइरहेको र यसकै आधारमा मूल्यांकन गरेर उनीहरुको परीक्षा लिने तयारी भइरहेकोले सम्पर्कमा नआएका विद्यार्थीका कारण समस्या भएको त्रिविले जनाएको छ ।

शिक्षाध्यक्ष शिवलाल भुसाले सूचनामार्फत त्रिविमा अध्ययन गरिरहेका तर अहिले सम्पर्कमा नआएका विद्यार्थीलाई भेटेमा उनीहरु पढ्ने क्याम्पसमा सम्पर्क गराइदिन अभिभावक, स्थानीय सरकार, स्थानीय प्रशासन, शिक्षाविद् बुद्धिजीवी लगायतलाई आग्रह गर्नुभएको छ ।

त्रिविका सम्पूर्ण विभाग, क्याम्पस प्रशासन, डीन कार्यालयहरू समेतलाई विद्यार्थीलाई सम्पर्कमा ल्याउने कार्यमा तदारुकतासाथ लागि पर्न र विद्यार्थीलाई सम्पर्कका लागि सहज वातावरण मिलाउन समेत शिक्षाध्यक्ष भुसालले आग्रह गर्नुभएको छ ।

त्रिविले रोकिएका परीक्षा असोजभित्र लिने तयारी गरेकाले पनि विद्यार्थी खोजिरहेको छ । महामारीलाई तुरुन्तै नियन्त्रणमा लिने स्थिति नरहेको आँकलन गरी विश्वविद्यालयले चैतको तेस्रो हप्तादेखि नै पठनपाठनको वैकल्पिक विधिबाट कक्षाहरू सञ्चालन गर्न आफ्ना सबै शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरूको इमेल आईडी तयार गर्दे अनलाइन विधिबाट पठनपाठन सञ्चालन गरिरहेको जनाएको छ ।

वि.सं.२०७७ भदौ १० बुधवार ०८:३७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...