back
NMB ad

त्रिविले दशैं अगाडि नै परीक्षा सञ्चालन गर्ने ! यस्तो छ सम्भावना

Kumari bank ad

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले लकडाउनमा रोकिएको परीक्षा दशैंअगाडि सञ्चालन नगर्ने भएको छ। नेपालमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्दै गएकोले दशैं अगाडि परीक्षा सञ्चालन गर्ने सम्भावना नरहेको त्रिविका रजिष्टार पेशल दाहालले जानकारी दिएका छन्‌।

‘नेपालमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ,’ उनले भने, ‘तत्काल परीक्षा सञ्चालन गर्ने अवस्था नै छैन, ३५ दिनको समय निकालेर सूचना जारी गर्नुपर्छ। अब त्यो समय हामीसँग नै छैन, कसरी परीक्षा गराउने भन्ने विषयमा निर्णय नै हुन सकेको छैन, त्यसैले दशैं अगाडि परीक्षा गराउने कुनै सम्भावना नै छैन।’ उनले यो संकटको बेला विद्यार्थीलाई तनावमा नराख्ने बताए। उनले भने, ‘परीक्षा भनेको खेल खेलेजस्तो होइन, यो संवेदनशील विषय हो, क्षणिक निर्णयले हुँदैन, यस्तो समयमा विद्यार्थीलाई प्रेसर दिन मिल्दैन।’ परीक्षाको विषयमा बाहिर गलत सन्देश फैलाएर झनै विद्यार्थीलाई चिन्तित बनाएको भन्दै उनले गुनासो पोखे।

थोरै विद्यार्थी भएका संकायको परीक्षा दशैंअघि हुन सक्ने

रजिष्टार दाहालले थोरै विद्यार्थी भएका संकायको भने दशैं अगाडि नै परीक्षा सञ्चालन गर्ने सम्भावना रहेको बताए। अहिले कुन विधिबाट परीक्षा गराउने भन्ने बारेमा डिन कार्यालयमा भने छलफल भैरहेको उनले जानकारी दिए।

‘अनलाइनमार्फत, सामाजिक दुरी कायम गरेर वा कसरी हुन्छ, चार वटा स्वरुपबाट परीक्षा गराउने भन्ने बारेमा डिन कार्यालयमा छलफल भने चलेको छ,’ उनले भने, ‘थोरै विद्यार्थी भएका कलेज र संकायको परीक्षा भने सामाजिक दुरी कायम गरेर वा भर्चुअलबाट दशैं अगाडि नै हुन सक्छ।’

उनका अनुसार कृषिलगायत थोरै विद्यार्थी भएका संकायको परीक्षा भने दशैं अगाडि नै हुने सम्भावना छ। तर,मानविकी र व्यवस्थापन लगायत धेरै विद्यार्थी भएको संकायको परीक्षा भने दशैं अगाडि सञ्चालन हुने छैन। ‘थोरै विद्यार्थी भएकाहरुको परीक्षा गराउन सकिन्छ,’ उनले भने, ‘धेरै विद्यार्थी भएको संकायमा परीक्षा सञ्चालन गर्न सकिन्न, सम्भव नै छैन।’

वि.सं.२०७७ भदौ ११ बिहीवार १३:३७ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...