काठमाडौं । शनिबार बस्ने तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्डबीच शुक्रबार छलफल गरेर शनिबारको बैठक १८ गतेसम्मका लागि स्थगित गरिएको हो ।
शनिबार बस्ने सचिवालय बैठकमा कार्यदलले बुझाएको प्रतिवेदन लगायतका विषयमा छलफल गर्ने तयारी थियो । कोरोनाका भाइरसका कारण बैठक स्थगित गर्नुपरेको बताइएको छ ।
वि.सं.२०७७ भदौ १२ शुक्रवार १३:५९ मा प्रकाशित