back
NMB ad

‘सडक २’ लाई अहिलेसम्मकै खराब रेटिङ !

Kumari bank ad

काठमाडौं । महेश भट्ट निर्देशित फिल्म ‘सडक २’ ओटीटी प्लेटफर्ममा रिलिज भइसकेको छ । फिल्ममा आलिया भट्ट, आदित्य रोय कपूर र सञ्जय दत्त मुख्य भूमिकामा छन् ।

यो फिल्म घोषणाको समयदेखि चर्चामा थियो । सुशान्त सिंह राजपूतको निधनपछि भने सामाजिक सञ्जालमा यो फिल्म बहिष्कारको माग उठेको थियो । ट्रेलरलाई सर्वाधिक डिसलाइक मिल्नु यसैको उपज हो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले फिल्मलाई लिएर लगातार नेगेटिभ ट्विट्स गरिरहेको अवस्थामा यो फिल्मलाई अजय देवगनको ‘हिम्मतवाला’, सैफ अली खानको ‘हमशक्ल’ र रामगोपाल वर्माको फिल्म ‘आग’ भन्दा पनि कम रेटिङ मिलेको छ ।

फिल्मलाई अहिलेसम्मकै खराब रेटिङ मिलेको भारतीय मिडियाले बताएका छन् । आइएमडीबीमा फिल्मलाई जम्मा १।१ रेटिङ मिलेको छ ।
समीक्षकबाट पनि फिल्मलाई कमजोर रेटिङ प्राप्त छ । समिक्षक तरण आदर्शले १ रेटिङ दिँदै फिल्मलाई खराब भनेका छन् ।

यो फिल्म अगष्ट २८ बाट डिज्नी प्लस हटस्टारमा रिलिज भएको हो । ‘सडक २’ १९९१ मा आएको पूजा भट्ट र सञ्जय दत्त स्टारर ‘सडक’ को सिक्वेल हो । कोरोनाका कारण सिनेमा हल खुल्ने कुनै निश्चित नभएपछि यो फिल्म ओटीटी प्लेटफर्ममा रिलिज भएको हो ।

वि.सं.२०७७ भदौ १५ सोमवार २०:४३ मा प्रकाशित

You can share this post!

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:४३

काठमाडौं । एसईई परीक्षा २०८० मा सहभागी हुनुभएका विद्यार्थीहरुलाई लक्षित...

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३६

काठमाडौं । जलविद्युत क्षेत्रका भिष्मपिता भनेर चिनिने गुरु प्रसाद न्यौपानेले...