back
NMB ad

अन्ततः असोज १ गतेदेखि सार्वजनिक यातायात चलाउने !

Kumari bank ad

पोखरा । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी पाइभेट लिमिटेडले असोज १ गतदेखि आफ्ना सवारी सञ्चालनमा ल्याउन तयारी थालेको छ ।

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले सरकारले सार्वजनिक यातायात सञ्चालनको लागि अनुमति नदिए पनि सवारी सञ्चालनमा ल्याएरै छाड्ने बताए । ‘हाम्रो स्पष्ट कुरा १ गतेदेखि गाडी निकाल्छौं । सरकारले नचला भने पनि हामी गाडी चलाउँछौं । उच्च सुरक्षा सर्तकता अपनाएर गाडी चलाउँछौं,’ उनले भने, ‘सरकारले रोकेर हामी रोकिनेवाला छैनौं ।’

अध्यक्ष केसीले सरकारले आफूहरुमाथि कारबाही थाले पनि त्यसको भागिदार बन्न तयार रहेको बताए । कुनै पनि हालतमा निर्णयबाट पछि नहट्ने उनको अडान छ ।

१ सय ७० दिन लामो बन्दाबन्दीमा बस्दा राज्यले कुनै राहतको पनि व्यवस्था नगरेको भन्दै उनले गुनासो पोखे । बैंक तथा वित्तिय संस्थाको बारेमा पनि स्पष्ट नीति नल्याउँदा यातायात मजदुरहरु भोकै मर्नुपर्ने अवस्था आएको जिकिर गरे । ‘गाडी घर राखेर कबाडी बनाएर हाम्रा मजदुरलाई भोकै राखेर मार्ने र मर्ने पक्षमा हामी छैनौं । अब हामी भोकले मर्ने भन्दा कोरोना रोगले मर्न तयार छौं,’ उनले भने, ‘राज्यले के बुझोस् भने बिरालोलाई थुनेर राख्यो भने त्यसले घाँटीमा समात्छ भने जस्तै, कुनै पनि बहानामा हामी कुनै पनि सवारी साधन रोक्न सक्दैनौं ।’

सार्वजनिक यातायात सञ्चालनमा थुनछेक भई रहँदा प्राइभेट गाडीहरुले भने निर्वाध रुपमा यात्रु बोकेको उनको आरोप छ ।उनले पूर्ण रुपमा सुरक्षा सर्तकता अपनाएर यातायात सञ्चालनमा ल्याउने तयारीमा रहेको बताए ।

दुई वटा सिटमा एक जना मात्रै यात्रु राखेर सवारी सञ्चालनमा ल्याउने उनले सुनाए । ‘४० सिटमा २० जना मात्रै मान्छे राखेर हामी सञ्चालन गछौं भन्दा हामीलाई रोक्न पर्ने कारण के हो ? त्यो हामीले बुझ्न सकिरहेका छैनौं । सरकारको हामीप्रतिको दृष्टिकोण के हो ? व्यवसायीप्रतिको दृष्टिकोण के हो ? त्यो हामीले बुझ्ना सकि रहेका छैनौं,’ उनले भने ।

उनले यातायात व्यवसायी कसैको प्रलोभनम, त्रास, दबाबमा परेर सवारी घरैमा थन्क्याएर नराख्ने जिकिर गरे । राज्यले केही गरेन भनेर बस्नुभन्दा कोरोनाको सामना गर्न आफूहरु तयारी अवस्थामा बसेको उनले बताए ।

पृथ्वीराजमार्ग बस व्यवसायी कम्पनीले सञ्चालनमा आउने तयारी थाले पनि पोखरा बस व्यवासायी कम्पनीले भने सरकारी निर्णय पर्खेर बसेको छ ।यातायात सञ्चालनसम्बन्धि सरकारको स्पष्ट धारणा आएपछि मात्रै सञ्चालनमा आउने कम्पनीका अध्यक्ष देउप्रसाद गुरुङले बताए ।

जिल्ला संकट व्यवस्थापन केन्द्र कास्कीको बैठकले २ हप्ता लामो निषेधाज्ञापछि २ हप्ता खुकुलो निषेधाज्ञा जारी गरेको छ । जसको भदौ २७ गते राती १२ बजे म्याद सकिदै छ ।प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले यातायात सञ्चालन अनुमति बारे कुनै निर्णय नभएको जानकारी दिए । (रातोपाटीबाट)

वि.सं.२०७७ भदौ २३ मंगलवार १५:०२ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...