back
NMB ad

झनै कसिलो बन्यो बैंक तथा वित्तीय संस्थाको लाभांश वितरण, यस्तो छ नयाँ व्यवस्था

Kumari bank ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको लाभांश वितरण झनै कसिलो बनेको छ । मौद्रिक नीतिमार्फत् ३० प्रतिशत भन्दा बढी लाभांश दिन नपाउने घोषणा गरेको नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमा यो व्यवस्थालाई थप कसिलो बनाएको हो ।

मंगलबार एकीकृत निर्देशन–२०७७ जारी गर्दै राष्ट्र बैंकले अघिल्लो वर्षको कुनै पनि समयमा पुँजीकोष अनुपात नपुगेका बैंक तथा वित्तीय संस्थालाई पनि लाभांश वितरण गर्न नपाउने नियम बनाएको छ ।

यसअघि त्यसरी कुनै समयमा पुँजीकोष नपुगेको भए पनि बाह्य लेखापरीक्षकको लेखापरीक्षणका तोकिएको अनुपात कायम भएको बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर नगद वा बोनस लाभांश घोषणा गर्न पाउने व्यवस्था थियो ।

अहिले लाभांश वितरणका लागि ११ प्रतिशतको पुँजीकोष अनुपात कायम हुनुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । बजारमा ऋणको माग उच्च हुँदा वा ठूलो निक्षेप एकैपटक बाहिरिँदा पुँजीकोष नपुग्ने समस्या देखिन्छ । वर्षको कुनै पनि समयमा पुँजीकोष पूरा नभएका धेरै बैंक छन् । ती बैंकहरु यस्तो लाभांशबाट वञ्चित हुने देखिएको छ ।

वि.सं.२०७७ भदौ २३ मंगलवार १७:४४ मा प्रकाशित

You can share this post!

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...