काठमाडौं । नेपालमा अहिले कोरोना भाइरसको संक्रमणको अवस्था छ ।
देशका विभिन्न स्थानमा दिनानुदिन कोरोना संक्रमित थपिदै गएका छन् भने निको हुनेको संख्या पनि बढ्दै गइरहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको दर ७० प्रतिशत भन्दा बढी रहेको छ ।
यस्तै उद्योगपति विनोद चौधरी पनि १० दिनअधि कोरोना संक्रमणमुक्त भएका थिए । उनलाई गएको भदौ १२ गते कोरोना संक्रमण देखिएको थियो । उनले १० दिनमै कोरोनालाई पराजित गर्न सफल भएका थिए ।
आफु कोरोना संक्रमणमुक्त भएपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सुनाएका छन् । उनले भिडियोमा आफुले कोरोनालाई पराजित गर्न सेवन गरेका खानेकुराहरुको बारेमा पनि जानकारी गराएका छन् ।
उनले आफुले नियमित तातोपानी, अदुवा, बेसार पानी र गुर्जोको सेवन गरेको बताएका छन् । भिडियोमा उनले कोरोना हामिले सोचेजस्तो खासै ठुलो नरहेकोले यसबाट डराउन नहुँने बताएका छन् ।
उनले कोरोना संक्रमण देखिएमा आत्मबल उच्च बनाएर नियमित व्यायाम र खानपानमा ध्यान दिएमा सजिलै जित्न सकिने बताएका छन् ।
वि.सं.२०७७ भदौ २८ आइतवार १२:३३ मा प्रकाशित