back
NMB ad

यस्तो छ ३० लाख कित्ता आईपीओ निष्कासनको तयारीमा रहेको जनरल इन्स्योरेन्सको वित्तीय अवस्था

Kumari bank ad

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले ३० लाख कित्ता आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट हालै अनुमति पाएको छ ।

आईपीओ निष्कासन गर्नको लागि उक्त कम्पनीले बार्डबाट गत भदौ २५ गते अनुमति पाएको हो । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

गत आवको चौथो त्रैमासमा कम्पनीको नाफा ३९ प्रतिशत वृद्धि भएको छ । कम्पनीले सो अवधिमा रू. ५ करोड ६ लाख नाफा कमाएको हो । अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले रू. ३ करोड ६२ लाख नाफा कमाएको थियो । हाल कम्पनीको चुक्तापूँजि रू. ७० करोड रहेको छ ।

 

 

३० लाख कित्ता आईपीओ निष्कासन गरी बाँडफाँट गर्दा कम्पनीको चुक्तापूँजि रू. १ अर्ब पुग्नेछ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ११४ दशमलव ६८ रहेको छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले जगेडा कोषमा रू. ४ करोड ६६ लाख सञ्चित गरेको छ । सोही अवधिमा सम्ममा कम्पनीको बीमा कोषमा रू. ५ करोड १० लाख जम्मा भएको छ ।

 

उक्त कोषमा अघिल्लो आवको चौथो त्रैमाससम्ममा रू. २ करोड ८६ लाख थियो । कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. ५३ करोड ६९ लाख बीमाशुल्क आर्जन गरेको छ ।

 

अघिल्लो आवको सोही अवधिको तुलनामा बीमाशुल्क ६१ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले रू. ३३ करोड २५ लाख बीमाशुल्क आर्जन गरेको थियो ।

 

गत आवको चौथो त्रैमाससम्ममा उक्त कम्पनीले १ हजार ५६५ जनालाई रू. १९ करोड ५२ लाख दाबी भुक्तानी गरेको छ भने ३५६ जनालाई रू. ३ करोड ९० लाख दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी रू. ७ दशमलव २३ रहेको छ ।

वि.सं.२०७७ भदौ ३० मंगलवार १७:०२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...