back
NMB ad

भोलिदेखि चन्द्रागिरि केबलकार सञ्चालनमा आउने

Kumari bank ad

काठमाडौं । कोरोनाको महामारीले झण्डै ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार सञ्चालनमा आउने भएको छ ।

सरकारले असोज १ देखि निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेसँगै चन्द्रागिरि हिल्सले विशेष सुरक्षा विधि अपनाएर भोलि १० बजेदेखि केबलकार सञ्चालनमा ल्याउन लागेको चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक अभिषेकविक्रम शाहले बताए ।

‘चन्द्रागिरि हिल्स प्रालिले कोरोना भाइरसको संक्रमण फैलिनबाट बच्न सरकारले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरी चन्द्रागिरि केबलकार भोलिबाट सञ्चालनमा ल्याउने तयारी गरेका छौं’, शाहले भने।

निषेधाज्ञा खुकुलो भएसँगै अहिले काठमाडौं उपत्यकाभित्रका विभिन्न व्यापाररव्यवसाय खुला भएका छन्। चन्द्रागिरि केबलकार सञ्चालनमा आएपछि सामाजिक दूरी कायम गरी एउटा केबलकारमा जम्मा चार जनामा मात्र बस्न पाइने छ। यसअघि ८ जनासम्म यात्रा गर्न सकिने थियो।

महाप्रबन्धक शाहले प्रवेशद्वारदेखि हरेक ठाउँमा गोलो घेरा लगाउने, स्यानिटाइज गर्ने लगायत सम्पूर्ण व्यवस्था मिलाइसकिएको जानकारी दिए। ‘अब पहिलो चरणमा ५० प्रतिशत क्षमताका आधारमा विस्तारै सञ्चालन गरिनेछ,’उनले भने।

वि.सं.२०७७ भदौ ३१ बुधवार १८:५२ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...