back
NMB ad

जिल्ला समन्वय समिति मकवानपुरले असोज २५ गते समिक्षा कार्यक्रम गर्ने

Kumari bank ad

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले आगामी असोज २५ गते समिक्षा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

 

 

जिल्ला समन्वय समितिको आइतबार बसेको ६६ औं बोर्ड बैठकले आगामी २५ गते वार्षिक समिक्षा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरेर कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

कोभिडका कारण रोकिएको आर्थिक वर्ष २०७६/७७ को समिक्षा कार्यक्रम स्वास्थ्य सुरक्षाको मापदण्डहरु पुरा गरेर आयोजना गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । भदौ महिनामै आयोजना गर्नुपर्ने कार्यक्रम कोभिडका कारण रोकिएको थियो ।

त्यस्तै बैठकले जिल्लाका १० वटै स्थानीय तहमा प्रथम चौमासिकको अनुगमनमा जाने निर्णय गरेको छ । स्थानीय तहहरुमा नीती तथा कार्यक्रम पारित भए अनुसार उपभोक्ता समिति गठन तथा निती कार्यक्रम कार्यान्वयनको अवस्था साथै जिससको मौजदात कोषको रकमबाट सञ्चालित र चालु आर्थिक वर्षमा सञ्चालन हुने आयोजनाका सम्बन्धमा छलफल तथा अनुगमन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

त्यस्तै बैठकले आगामी ६ गते ढुंगा, गीट्टी, बालुवा जिल्ला अनुगमन समिति र स्थानीय तह समन्वय बैठक संयुक्त रुपमा आयोजना गर्ने निर्णय गरेको छ । मौजदात कोषको रकम परिचालन, वातावरणिय प्रभाव मुल्याङकन (आइइइ) मापदण्ड तथा खानपानी मुहान दर्ता सम्बन्धमा छलफल गर्ने उदेश्यले संयुक्त बैठक आयोजना गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

स्थानीय तहहरुमा ऐन नियमको अभावमा खानेपानी मुहान दर्ता नहुँदा जनतालाई समस्या परेको साथै मापदण्ड अनुसार आइईई गर्न समस्या हुँदा स्थानीय तहहरुमा समस्या देखिएकाले दुवै विषयमा छलफल गरेर निकास निकाल्ने उदेश्यले बैठक आयोजना गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

यस्तै बैठकले जिल्ला समन्वय समिति मकवानपुरले सञ्चालन गरेको होल्डिङ सेन्टर बन्द गरिएको बारेमा बैठकलाई जानकारी गराउनुका साथै होल्डिङ सेन्टर सञ्चालनमा सहयोग पु¥याउने सबैलाई धन्यवाद व्यक्त गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

यस्तै बैठकले जिल्लामा कोभिडको अवस्थाको बारेमा समिक्षा गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डहरु अवलम्बन गर्दै नियमित काममा लाग्न सम्पुर्ण मकवानपुरबासीलाई आव्हान गर्ने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिनुभयो ।

बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, जिससका सदस्यहरु गणेश कुमारी श्रेष्ठ, देवराज रिमाल, सिता अधिकारी, सानुकान्छी स्याङतान, सरिता विश्वकर्मा, बुद्धिबहादुर मुक्तान, चित्रबहादु बलामीलगायत कार्यालयका कर्मचारीहरुको सहभागिता थियो ।

वि.सं.२०७७ असोज ४ आइतवार १८:०४ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...