back
NMB ad

दोस्रो घण्टामा यी दुई कम्पनीको सर्वाधिक कारोबार

Kumari bank ad

काठमाडौं । सोमवार दोस्रो घण्टामा नेप्से स्थिर रहेको छ । कारोबार शुरु भएको पहिलो घण्टामा ६ दशमलव १६ अंकले घटेको बजार दोस्रो घण्टामा ७ दशमलव २४ अंकले घटेको छ ।

कारोबार शुरु भएदेखि नै घट्ने क्रममा रहेको बजार कारोबारको दोस्रो घण्टामा शून्य दशमलव ४६ प्रतिशत घटेर १ हजार ५६७ दशमलव ९४ विन्दुमा पुगेको छ ।

यस अवधिमा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये अन्य समूहको परिसूचक शून्य दशमलव २१ प्रतिशत बढेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, जीवन बीमा, होटल्स, वित्त, लघुवित्त, उत्पादन तथा प्रशोधन जलविद्युत, निर्जीवन बीमा, र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ ।

दोस्रो घण्टाको अवधिमा १९० ओटा कम्पनीको ३३ हजार ३९९ पटकको कारोबारमा ३७ लाख ९८ हजार १०३ कित्ता शेयरको रू. १ अर्ब १५ करोड ९६ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

यस अवधिसम्म नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ९ करोड ९५ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ३२९ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ८७२ मा रू. ८ करोड १४ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

वि.सं.२०७७ असोज ५ सोमवार १३:०२ मा प्रकाशित

You can share this post!

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:३२

काठमाडौँ, ११ वैशाख : कतारका अमिर शेख तमिम बिन हमाद...

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५९

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा...

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५१

ढोरपाटन (बागलुङ), ११ वैशाख: बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक...

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४६

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा...