back
NMB ad

विश्व बैंकले नेपाललाई १७ अर्ब ६९ करोड ऋण दिने

Kumari bank ad

काठमाडौं । विश्व बैंकले नेपाललाई १७ अर्ब ६९ करोड (१५० मिलियन) ऋण दिने भएको छ ।

 

नेपालको सहरी क्षेत्रमा रहेका स्थानीय तहको शासकीय सुधार एवं पूर्वाधार विकास गर्न विश्व बैंकको मंगलबार बसेको बोर्ड बैठकले नेपाललाई उक्त ऋण दिन सोसम्बन्धी परियोजना स्वीकृत गरेको हो ।

 

मुख्यगरी स्थानीय तहको शासकीय सुधार गरी संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउने र कोभिड–१९ का कारण धराशयी बनेको अर्थतन्त्रलाई माथि उकास्ने उद्देश्यले यो परियोजनाका लागि उक्त ऋण स्वीकृति गरेको विश्व बैंकले जानकारी दिएको छ ।

 

विश्व बैंकका नेपाल, श्रीलंका तथा मालदिभ्सका लागि निर्देशक फारिस हदद जार्भाेसले तीव्र सहरीकरण, संघीयता र कोभिड चलिरहेको अवस्थामा नेपालको सहरी क्षेत्रका स्थानीय तहबाट प्रदान भइरहेको सेवा प्रवाह सुदृढ गरी महामारी प्रभावित समूहलाई सहयोग पु¥याउन यो परियोजना महत्वपूर्ण हुने बताए ।

‘मुख्यगरी नगरपालिकाको क्षमता वृद्धि, स्थानीय उत्तरदायित्व बढाउन र कमजोर समूहका लागि छोटो अवधिको रोजगारीका साथै सेवा पु¥याएर कोरोनाले गरेको असरलाई पुनरुत्थान गर्न परियोजनाले मद्दत गर्नेछ,’ जार्भाेसले भने ।

उनका अनुसार यी परियोजनाको माध्यमबाट मुलुकभित्र रोजगारी सिर्जना गर्नसमेत सहयोग पुग्ने विश्व बैंकको अपेक्षा छ । यो सहायताअन्तर्गतको परियोजना प्रदेश १ र २ का नगरपालिका र गण्डकी प्रदेश र प्रदेश ५ का नगरपालिकामा केन्द्रित हुने विश्व बैंकले बताएको छ ।

यी प्रदेशबाट नगरपालिकाहरुको छनोट गरी ती क्षेत्रमा विश्व बैंकले ऋण लगानी गर्नेछ । यी क्षेत्र व्यापारिक र प्रशासनिक दृष्टिकोणबाट बढी महत्वपूर्ण मानिँदै आएका छन् ।

नगरपालिकाहरुको सेवा प्रवाह क्षमता बढाउने मात्र नभई उनीहरुलाई योजना निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनमा समेत सहयोग गर्ने लक्ष्य राखेको विश्व बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसले सहरी शासन व्यवस्थामा त्यहाँका सरकारहरुले नागरिकको अपेक्षाअनुसार काम गर्न सक्ने अवस्था सिर्जना हुने अपेक्षा विश्व बैंकको छ । पछिल्लो समय कोभिड–१९ पछिको अर्थतन्त्रलाई उकास्न विश्व बैंकले सहयोगलाई बढाउँदै लगेको देखिन्छ ।

केही दिनअघि मात्रै विश्व बैंकले नेपालको वित्तीय क्षेत्रलाई सहयोग पु¥याउन २३ अर्ब ६० करोड ऋण सहयोग उपलब्ध गराउने बताएको थियो ।

कोभिड–१९ को महामारीका कारण उत्पन्न सामाजिक–आर्थिक चुनौती सामना गर्न तथा नेपाल सरकारले अघि सारेका वित्तीय क्षेत्र सुधारका सबल योजना कार्यान्वयनका निम्ति बैंकले उक्त रकम ऋणस्वरुप उपलब्ध गराउन लागेको विश्व बैंकका अधिकारीले बताएका थिए । ‘आर्थिक विकासका निम्ति वित्त’ शीर्षकमा बैंकले नेपालको वित्तीय क्षेत्रको स्थायित्व, वित्तीय साधनको विविधीकरण, वित्तीय क्षेत्रमा पहुँच विस्तार तथा कोभिड–१९ को महामारीले सिर्जना गरेको परिस्थितिबाट अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउने नेपाल सरकारको प्रयासमा सघाउन उक्त ऋण स्वीकृत गरिएको बैंकले जानकारी दिएको थियो ।

वि.सं.२०७७ असोज १४ बुधवार ०८:५८ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...