back
NMB ad

१२ वर्षपछि यती एयरलाइन्सले सिमरा उडान गर्ने

Kumari bank ad

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक संस्था यती एयरलाइन्सले १२ वर्षपछि अर्थात यही असोज २१ देखि सिमरामा नियमित उडान गर्ने भएको छ ।

एयरलाइन्सले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा नयाँ गन्तव्यको रुपमा सिमरा पुनः उडान सञ्चालन गर्ने घोषणा गरेको छ ।

सन् २००८ मा काठमाडौं-सिमरा उडान भरेको यती एअरलाइन्सले १२ वर्षपछि आगामी असोज २१ देखि बाराको सिमरा विमानस्थलमा उडान भर्न लागेको हो । सिमरा यतीको नवौं उडान गन्तव्य हो ।

एयरलायन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले कोभिड–१९ को सङ्क्रमणको समयमा उच्च सर्तकता अपनाएर सिमरा उडान गर्न लागेको जानकारी दिए। । सिमरा उडानबारे सम्बन्धित निकायसँग स्वीकृत लिइ असोज २१ देखि दैनिक दुई उडानमार्फत सेवा विस्तार गर्नेछौं,’उनले भने।

यतीले सिमरामा जेटइस्ट्रीम–४१ विमानमार्फत प्रत्येक दिन बिहान ९ बजे र साँझ ४ः४५ बजे काठमाडौंदेखि उडान भर्दैछ । एयरलाइन्सका बिक्री तथा बजार निर्देशक शरल एस जे वि राणाका अनुसार यात्रुहरुको माग बमोजिम पुनःसेवा प्रारम्भ गर्न लागेको जानकारी दिए।

वि.सं.२०७७ असोज १६ शुक्रवार १६:०८ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...