back
NMB ad

जिसस मकवानपुरले सुरु गर्यो स्थानीय तहको अनुगमन

Kumari bank ad

बिश्व अधिकारी, मकवानपुर । जिल्ला समन्व्य समिति (जिसस) मकवानपुरले आजबाट जिल्लाका स्थानीय तहहरुमा अनुगमन सुरु गरेको छ ।

चालु आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिक अन्तरगतको अनुगमन जिल्लाको पुर्वी बागमती गाउँपालिकाबाट सुरु गरेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गएको अनुगमन टोलीले स्थानीय तहहरुमा नीती, कार्यक्रम तथा बजेट पारित भए अनुसार कार्यान्वयनको अवस्था, उपभोक्ता समिति गठन, लागत अनुमान लगायत, कोरोना भाइरस (कोभिड–१९) ले पारेको प्रभाव, रोकथामका लागि अवलम्बन गरेका उपाएका बारेमा छलफल गर्नुका साथै विभिन्न योजनाहरुको अनुगमन समेत गरेको छ ।

यस्तै टोलीले जिससको मौजदात कोषको रकमबाट सञ्चालित र चालु आर्थिक वर्षमा सञ्चालन हुने आयोजनाका सम्बन्धमा छलफल तथा अनुगमन गरेको प्रमुख खुलालले जानकारी दिनुभयो ।


अनुगमन टोलीलाइ गाउँपालिका अध्यक्ष सर्केश घलाननले चालु आर्थिक वर्षका लागि चालु तर्फ १५ करोड ५१ लख १४ हजार र पूँजीगत तर्फ १६ करोड ४१ लाख २५ हजार गरी कुल ५३ करोड २९ लाख ८५ हजार बराबरको बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

टोलीलाई जानकारी दिँदै अध्यक्ष घलाननले हालसम्म गाउँपालिकाबाट ऐन, नियम, कार्यविधि गरि ४७ वटा तयार गरेको बताउनुभयो ।
यस्तै उहाँले हालसम्म २६० जनाको कोरोना परिक्षण गरिएको मध्ये स्थानीय दुईजना र बाहिरका दुईजना गरी ४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँले गाउँपालिकाले कोरोना भाइरसका सन्र्दभमा क्वारेन्टाईन सञ्चालन गरेकोमा अब १० बेडको क्वारेन्टाईन तयार गर्न लागेको समेत बताउनुभयो ।

यस्तै अध्यक्ष घलानले अनुगमन टोलीलाई स्थानीय तहमा विकास निर्माणका काममा वन कार्यालय बाधक बनेको गुनासो गर्नुभयो । विकास निर्माणका कामा अनावश्यक रूपमा वन कार्याललयले हस्तक्षेप गर्ने गरेको गुनासो गर्नुभयो ।


त्यस्तै उहाँले प्रदेश सरकारबाट प्राप्त बजेट कार्यान्वयनका सन्र्दभमा विभिन्न जिल्ला धाउनु पर्ने, प्रदेश सरकारबाट कार्यान्वयन हुने कार्यक्रमका बारेमा स्थानीय तहलाई अन्त्यमा मात्र थाहा हुने जस्ता समस्या रहेको गुनासो गर्नुभयो ।

यस विषयमा जिल्ला समन्व्य समितिबाट समन्वयको अपेक्षा गरेको अध्यक्ष सर्केश घलाननले बताउनुभयो । यस्तै उहाँले बालमैत्री गाउँपालिका बनाउने उदेश्यका साथ काम सुरु गरेको भन्दै बालमैत्री गाउँपालिका बनाउन जिससलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

अनुगमनका क्रममा जिसस प्रमुख खुलालले बालमैत्री गाउँपालिका घोषणा गर्ने सन्दर्भमा जिससबाट सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले कोभिडका सन्दर्भमा समुदायमा विभिन्न नकारात्म प्रबृतिहरु बढेकोले त्यसको नियन्त्रण गर्न सुझाव दिनुभयो । उहाँले कोरोना भाइरस बिरुद्ध समुदायमा सकारात्मक सन्देश प्रबाह गर्न सुझाव दिनुभयो ।

यस्तै प्रमुख खुलालले चालु आर्थिक वर्षको बजेट समयमै खर्च गर्न र शुसासनका क्षेत्रमा ध्यान दिन समेत गाउँपालिकालाई सुझाव दिनुएको छ । उहाँले अघिल्लो वर्षको तुलनामा गाउँपालिकाले धेरै कुरामा सुधार गर्दै गएको समेत बताउनुभयो ।

अनुगमन टोलीमा जिसस उपप्रमुख भगवती पुडासैनी, गाउँपालिकी उपाध्यक्ष धनमाया स्याङ्तान, सदस्यहरु सिता अधिकारी, सरिता बिश्वकर्मा, नायब सुब्बा उपेन्द्रनाथ पोख्रेललगायतको सहभागिता थियो ।

वि.सं.२०७७ असोज १६ शुक्रवार २१:२२ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...