back
NMB ad

सिजन मिडियाले आगामी मंसिरमा ‘नेशनल सोसल वयलफेयर अवार्ड २०२०’ आयोजना गर्दै

Kumari bank ad

काठमाडौं । लामो समयदेखि सामाजिक क्षेत्रमा अग्रणी संस्थाको रुपमा काम गर्दै आएको सिजन मिडियाले पुनः अर्को पुण्यको काममा हात हालेको छ ।

केही समय अघि मात्रै आफ्नो स्थापनाको ११ वर्ष पूरा गरेको यस मिडियाले सामाजिक क्षेत्रमा क्रियाशिल विभिन्न व्यक्तित्व र संस्थालाई बेला बेलामा सम्मान गर्दै उनीहरुको कामलाई अझै हौसला प्रदान गर्दै आएको छ ।

मिडिया स्थापना भएको अवसर पारेर आगामी २०७७ साल मंसिरमा काठमाडौंमा ‘नेशनल सोसल वयलफेयर अवार्ड २०२०’ नामक सम्मान कार्यक्रम आयोजना गर्न लागेको सगौरव जानकारी गराउँदछ ।

उक्त कार्यक्रममा नेपाल तथा विदेशमा रहेर विभिन्न क्षेत्रहरुमा रहेर नेपाल र नेपालीको दुख सुखमा साथ तथा हौसला प्रदान गर्ने विभिन्न संघ संस्था तथा समाजिक व्यक्तित्वहरुलाई सम्मान गरिने छ ।

विशेष गरी कोभिड १९ को विषम अवस्थामा दिनरात नभनी विभिन्न क्षेत्रमा अग्रपंक्तिमा खटेका व्यक्ति तथा संस्थालाई यस पटक विशेष सम्मान गर्न लागिएको हो ।

विपदको समयमा सानो भन्दा सानो सहयोगले पनि ठूलो समुदायको जीवनरक्षा गर्न बल पुगेको हुन्छ । सामाजिक क्षेत्रमा उनीहरुले दिएको योगदानको शब्दमा समेत उतार्न असम्भव नै हुन्छ ।

समाजका ती विशेष व्यक्तिलाई यस पटक संस्थाले सम्मान गरी उनीहरुको काम गर्ने सोच र सामाजिक दायित्वलाई बढावा दिन लागिएको छ । यस्तै सामाजिक क्षेत्रमा लामो समयदेखि क्रियाशिल अन्य व्यक्तित्व तथा संस्थालाई समेत हामी यस पटक सम्मानको सानो सगुन प्रदान गर्न गइरहेका छौ ।

सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको जानकारी दिए । ‘सबै नागरिकमा सामाजिक भावना जागृत गर्न अवार्ड कार्यक्रम गर्दैछौं’ वन्तले भने, ‘यसले नयाँ पुस्तालाई पनि प्रेरणा दिनेछ ।

उनले सम्मानका लागि संसथाले विभिन्न मापदण्ड बनाएको र त्यसका आधारमा छनौट भएका व्यक्तित्वलाई विशेष कार्यक्रमको आयोजना गरि सम्मानित गरिने बताए ।

सधै जस्तै साथ र सहयोग प्रदान गर्दै आउनु भएका समाजिक व्यक्तित्व तथा हाम्रा मार्गदर्शकलाई पुनः हामी नमन गर्दै यस कार्यमा ययहाँहरुको साथ र सहयोग रहने समेत विश्वास व्यक्त गर्दर्छौ । सकारात्म्क सोच रार्खौ, सामाजिक दायित्व पूरा गरौ र राम्रा काम गर्नेलाई प्रेरणा र हौसला प्रदान गरौ ।

वि.सं.२०७७ असोज १७ शनिवार २३:०२ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...