back
NMB ad

८ गुणा बढी आवेदन परेको जनरल इन्स्योरेन्सको आईपीओ मंगलबार बाँडफाँट, कसलाई कति पर्ला ?

Kumari bank ad

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो मंगलबार प्राथमिक सेयर (आईपीओ) बाँडफाँट गर्ने भएको छ ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले आइतबार प्रिअलटमेन्ट गरेर मंगलबारभित्र आईपीओ बाँडफाँट गर्ने तयारी भएको जानकारी दिएको छ ।

कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता सेयरका लागि आवेदन दिएका थिए ।

आईपीओमा ८ गुणा बढी आवेदन परेको छ। असोज १४ गते अन्तिम दिनसम्ममा ८ लाख १३ हजार ७२५ आवेदकबाट २ करोड २४ लाख ७७ हजार ३० कित्ताको लागि आवेदन परेको एनआईबीएलले जानकारी दिएको छ ।

न्यूनतम १० कित्ताको दरले आईपीओ वितरण गर्दा २ लाख ७३ हजार जनाले मात्रै पाउने देखिएको छ । कम्पनीको चुक्तापुँजी ७० करोड रुपैयाँ छ। आइपीओ बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी बढेर १ अर्ब रुपैयाँ पुग्नेछ ।

वि.सं.२०७७ असोज १८ आइतवार १३:४९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...