back
NMB ad

स्थानीय तहहरु आर्थिक रुपमा सक्षम हुन आवश्यक : प्रमुख खुलाल

Kumari bank ad

बिश्व अधिकारी,मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले स्थानीय तहहरु आर्थिक रुपमा सक्षम हुन जरुरी रहेको बताउनुभएको छ ।

आईतबार जिल्लाको पुर्वी बकैया गाउँपालिकामा अनुगमनका क्रममा उहाँले स्थानीय तहहरु आर्थिक रुपमा सक्षम बन्न जरुरी रहेको बताउनुभएको हो ।

प्रमुख खुलालले जनतालाई सिंह दरबारको प्रत्याभुति दिलाउनका लागि स्थानीय तहहरुले स्रोतको खोजि गरेर आम्दानी बृद्धि गर्न योजनाबद्ध ढंगले काम गर्नुपर्ने र आम्दानी बृद्धि गरेर आर्थिक रुपमा सक्षम बन्नु पर्ने बताउनुभयो ।

उहाँले स्थानीय तहहरु दिगो विकासका लक्ष्य प्राप्ती र सुखि नेपाली समृद्ध नेपाल निर्माणमा लाग्नु पर्ने समेत बताउनुभयो । उहाँले समाजको सोँचलाई उन्नत बनाउन सक्नु पर्ने भन्दै दिगो र टिकाउ विकासमा स्थानीय तहहरुलाई लाग्न आग्रह गर्नुभयो ।

जिल्ला समन्व्य समितिले चालु आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिकको अनुगमनका क्रममा आईतबार बकैया गाउँपालिकाको अनुगमन गरेको हो ।

अनुगमनमा गाउँपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट कार्यान्वयनका लागि गरेका काम (लागत अनुमान, उपभोक्ता समिति गठन, सम्झौताको अवस्था, कोभिडको प्रभाव) लगायत विषयमा जानकारी लिनुका साथै आवश्यक परामर्श समेत दिएको छ ।


आनुगमन टोलीलाई बकैया गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले समग्र अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।

सो क्रममा गाउँपालिका उपाध्यक्ष सरला बोलखेले जिससबाट भएको अनुगमन प्रभावकारी भएको बताउनुभयो । हामी काँहा छौं भन्ने मुल्याङ्कन गर्न र कसरी अगाडी बढ्ने भन्ने बारेमा पहिलो चौमासिकमा भएको अनुगमनले प्रभावकारी काम गर्ने उहाँले बताउनुभयो ।

अनुगमनले स्थानीय तहलाई झक्झकाउने काम गर्ने उहाँको भनाई थियो ।  सो क्रममा प्रमुख प्रसासकिय अधिकृत लक्ष्मण पुडासैनीले चालु आर्थिक वर्षका लागि कुल ७१ करोड ४७ लाख ६५ हजार बराबरको बजेट पारित गरेको जानकारी दिनुभयो ।

उहाँले बजेट कार्यान्वयनका लागि स्टिमेट तयारी, उपभोक्ता समिति गठन, सम्झौता लगायतका काम अगाडी बढेको जानकारी दिनुभयो । उहाँले आगामी मंसिर सम्म ३३ वटा ठुला योजनाहरु सम्झौता गर्ने गरि काम अगाडी बढाइएको बताउनुभयो ।

यस्तै असोज २० गते सम्म सबै योजनाहरुको उपभोक्ता समिति गठनको समयावधि दिएर समयमै बजेट कार्यान्वयन गर्ने गरि काम अगाडी बढाईएको बताउनुभयो ।

उहाँले गाउँपालिकाले हालसम्म १६ वटा ऐन, ४ वटा नियमावली र २२ वटा कार्यविधि/निर्देशिका गरि ४७ वटा कानुन निर्माण गरेको समेत बताउनुभयो ।

गाउँपालिकाले सुसासनका सन्र्दभमा सबै वडा कार्यालय र गाउँपािलकामा गुनासो पेटीका राखेको, सबै वडालाई विधुतीय प्रणलीमा अवद्ध गराउन लागिएको, विद्यालयमा ई हाजिरीको व्यवस्था गरिएको बताउनुभयो ।


सो क्रममा वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले स्थानीय तहबाट जनताले पाउने सेवा सुविधा राम्रोसंग प्रवाह भएको, विकास निर्माणका कार्यहरु दु्रत रुपमा अगाडी बढेको, विद्युत विस्तार, सडक सञ्जाल, स्वास्थ्य, शिक्षा, कृषिलगायतका क्षेत्रमा व्यवस्थित काम भउको बताउनुभएको थियो ।

उहाँहरुले यी सबै हुँदा हुँदै पनि केन्द्रिय तथा प्रदेश सरकारबाट संघीयत खुम्च्याउने कामहरु भएके गुनासो समेत गर्नुभयो । छाम्दा भेटिने र उभिँदा देखिने स्थानीय सरकारलाई खुलेर काम गर्ने वातावरण सुजना गर्नुपर्ने उहाँहरुको भनाई थियो ।

उहाँहरुले वन कार्यालयका कारण विकास निर्माणको काममा अवरोध सृजना भएको साथै विभिन्न एकल अधिकारमा संघ र प्रदेश सरकारले हस्तक्षेप गरेका कारण समस्या भएके बताउनुभयो ।

छलफलका क्रममा जिसस उपप्रमुख भगवती पुडासैनीले स्थानीय तहलाई सक्षम बनाउन जिल्ला समन्वय समिति मकवानपुरले सहजिकरण गरेको बताउनुभयो । अनुगमन टोलीमा जिसस सदस्य देवराज रिमाल, नायब सुब्बा उपेन्द्र पोख्रेलगायतको सहभागिता थियो ।

वि.सं.२०७७ असोज १८ आइतवार २०:२४ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...