back
NMB ad

फास्ट ट्रयाकको विवादको चुरो खोज्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्थलगत निरिक्षणमा

Kumari bank ad

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेलले गौरवको परियोजना काठमाडौं निजगढ द्रुत मार्गको निरिक्षण गर्नुभएको छ ।

ललितपुरको भैंसेपाटी, खेकना, सिकाली चौर, बुङमती र मख्खुबेसी खण्डमा आयोजना निर्माणको क्रममा देखिएको समस्यालाई स्थलगत अध्ययन गर्न उपाध्यक्ष कडेल प्रधानमन्त्रीका पूर्वाधार विकास विज्ञ गजेन्द्र थपलिया र राष्ट्रिय योजना आयोगका अनुगमन महाशाखा प्रमुख डा. बासुदेव शर्मालाई साथमा लिएर आयोजना स्थलमा पुग्नुभएको हो ।

निरिक्षणका क्रममा उपाध्यक्ष कडेलले ललितपुर जिल्ला समन्वय समितिका उपप्रमुख बिनेश महर्जन लगायत स्थानीयसंग समस्याबारे जानकारी लिनुभएको छ । स्थलगत निरिक्षणका क्रममा मुअब्जा विवाद, सम्पदा संरक्षण र एकीकृत विकासलाई केन्द्रित गरी सहजिकरण गरिदिन माग गरेका थिए ।

परियोजना निर्माणको जिम्मा लिएको नेपाली सेना र स्थानीयबीच निर्माणाधिन परियोजनको निर्माणका क्रममा देखिएको विवाद स्थलगत रुपमा बुझेपछी समस्या समाधान गर्न सहज हुने भएकोले स्थलगत निरिक्षणमा निस्किएको उपाध्यक्ष कडेलले बताउनुभयो ।

जग्गा अधिग्रण, सिकाली, खोकना तथा बुङमती क्षेत्रको साँस्कृतिक सभ्यता आदिमा निर्माण पक्ष र स्थानीयबीच विवाद रहँदै आएको छ । विवादका कारण परियोजना कार्यान्वयनमा समस्या उत्पन्न हुने देखिएपछि प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय गौरवका परियोजनाको प्रगति समिक्षा चलिरहेकै बीचमा शनिबार पारेर स्थलगत निरिक्षणमा निस्कनु भएको हो ।

उपाध्यक्ष कडेलले समयमै समस्याको सुक्ष्म अध्ययन गरेर समाधान गर्न सकिएन भने परियोजनाको अवधि लम्बिने र राज्यलाई थप आर्थिक नोक्सानी हुने बताउनुभयो ।

सेनाले हालसम्म आठ स्थानमा स्थायी बेसक्याम्पस निर्माण, रुख छपान र कटान, सडक निर्माण, सर्भिस ट्रयाक निर्माण, स्थानीयवासीलाई क्षतिपूर्ति र राहत वितरण तथा अन्य सामाजिक कार्य गरिसकेको छ ।

आयोजनाका लागि विभिन्न चट्टान फोर्ने विष्फोटक पदार्थको आपूर्ति, ठूला पुलको सर्वेक्षण, कतिपय क्षेत्रमा सञ्चार र विद्युतीकरणको सञ्जाल विस्तारका लागि सेनाले सरकारका अन्य निकायसँग समन्वय गरिरहेको छ । द्रुतमार्गको प्रारम्भमा पर्ने ललितपुरको खोकना, बुङ्मति, सैँबु, भैँसेपाटी क्षेत्रमा भने मुआब्जाको विवाद सल्टाउन बाँकी छ ।

२०७४ बैशाख २१ गतेको मन्त्रिपरिषदको बैठकले नेपाली सेनालाई निर्माणको जिम्मा दिने निर्णय भई २०७४ जेठ १४ गते शिलान्यास भएको काठमाडौं तराई मधेश द्रुत मार्ग (फाष्ट ट्रयाक) लाई समयभित्रै सम्पन्न सम्पन्न गर्ने लक्ष्य राखेर सरकारले अनुगमन र मुल्यांकनलाई तिब्रता दिएको छ ।

वि.सं.२०७७ असोज १९ सोमवार ०९:३२ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...