back
NMB ad

राजधानीमा कर्फ्यु लगाउने निर्णय ! सार्वजनिक यातायात संचालनमा रोक !

Kumari bank ad

कोलम्बो । श्रीलङ्कामा लगाइँदै आएको कर्फ्युलाई बुधबार थप विस्तार गरिएको छ ।

कोरोनाभाइरसको सङ्क्रमण फैलिदै गएकाले त्यसलाई थप बढ्न नदिनका लागि कर्फ्यु बढाउदै लैजाने निर्णय भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

श्रीलङ्कामा पछिल्लो एकै दिनमा ८३० जना सङ्क्रमित थपिएका छन् । श्रीलङ्कामा अहिले १५ सयभन्दा बढी मानिस घरमै क्वारेन्टिनमा बसेका छन् ।

श्रीलङ्कामा हालसम्म कोरोनाभाइरसबाट तीन हजार ७३३ जना सङ्क्रमित भएका छन् । ती मध्ये १३ जनाको मृत्यु भएको छ । त्यसैगरी कुल सङ्क्रमित मध्ये तीन हजार २६६ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

यस मुलुकमा कोरोनाभाइरस समुदायस्तरमा फैलिएको आइतबार दुई महिना पुगेको छ । सङ्क्रमित हुनेहरुमा उद्योग धन्दामा काम गर्नेहरु बढी छन् ।

क्वारेन्टिनमा बसेकाहरुलाई पनि कडाइका साथ क्वारेन्टिन सम्बन्धी नियम पालना गर्न सरकारी अधिकारीहरुले आग्रह गरेका छन् । उलंघन गर्नेलाई तीन महिनासम्म जेल सजाय हुने व्यवस्था गरिएको छ ।

त्यसैगरी स्वास्थ्य मन्त्रालयले अर्को छुट्टै आदेश जारी गर्दै सार्वजनिक रुपमा भिडभाड नगर्न आग्रह गरेको छ । प्रदर्शनी, भोजभतेर, सभा सम्मेलन, भित्रि तथा वाहिरी समारोह, सांस्कृतिक कार्यक्रमलगायतका भिडभाड हुने गतिविधि गर्न प्रतिबन्ध लगाइएको हो ।

त्यसैगरी प्रहरीले राजधानी कोलम्बोमा कर्फ्यु लगाएको छ । सरकारले यसअघि विद्यालय, विश्वविद्यालय, सार्वजनिक यातायातलगायत संचालनमा रोक लगाउँदै आएको थियो ।

सरकारी अधिकारीहरुले कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि आम नागरिकले सहयोग नगरेमा अनियन्त्रित हुने चेतावनी दिएका छन् ।

प्रहरी र स्वास्थ्यकर्मीहरुले घर घरमै गएर पनि नियन्त्रण र परीक्षणको काम गरिरहेको जनाइएको छ।

वि.सं.२०७७ असोज २१ बुधवार १४:५३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...