back
NMB ad

जिल्ला स्तरीय वार्षिक समिक्षामा जुटयो मकवानपुर, यस्तो छ अन्तिम तयारी

Kumari bank ad

विश्व अधिकारी, मकवानपुर ।  जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले भोली आयोजना गर्न लागेको जिल्लास्तरीय बार्षिक समिक्षाको सम्पुर्ण तयारी पुरा भएको छ ।

भोली आयोजना गर्न लागिएको जिल्ला समिक्षाको तयारीका सन्र्दभमा आज बसेको बोर्ड बैठकले स्वास्थ्य सुरक्षाको सम्पुर्ण मापदण्डहरु पालना गरेर कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

जिल्लास्तरीय समिक्षामा जिल्ला स्थित स्थानीय तहहरु तथा कार्यालयहरुले आर्थिक वर्ष २०७६/२०७७ मा गरेका गतिविधिहरुको समिक्षा गर्ने गरिन्छ ।

कोभिड १९ को महामारीमा सुरक्षाका उपाय अपनाउँदै जिल्लामा रहेका स्थानीय सरकार तथा कार्यालयहरुले आर्थिक वर्ष २०७६/२०७७ मा गरेका गतिविधिहरुको समिक्षा गरिने जिसस मकवानपुरका प्रमुख रघुनाथ खुुलालले बताउनुभयो । समिक्षा कार्यक्रममा जिल्लामा भएका समग्र गतिविधिहरुको समिक्षा गरिने उहाँले जानकारी दिनुभयो ।

त्यस्तै कार्यक्रममा मकवानपुर जिल्लामा रहेर विभिन्न क्षेत्रमा योगदान पु¥याउनु हुने साथै जिल्ला समन्वय समितिलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने विभिन्न व्यक्ति एवम् संघ संस्थालाई सम्मान तथा प्रशंसा पत्र समेत प्रदान गरिने उहाँले बताउनुभयो ।

बोर्ड बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी आनन्दराज पोख्रेल, सदस्यहरु देशराज रिमाल, सिता अधिकारी, बुद्धि बहादुर मोक्तान, सरिता विश्वकर्मा, सानुकान्छि स्याङतानलगायतको सहभागिता थियो ।

मौजदात कोषको रकम कार्यन्वयनका लागि स्वीकृत प्रदान

मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरले चालु आर्थिक वर्ष २०७७/०७८ का लागिे मौजदात कोषको रकम कार्यान्वयनका लागि स्वीकृति प्रदान गरेको छ ।

आज बसेको जिसस बोर्ड बैठकले विभिन्न स्थानीय तहहरुबाट माग भई आएका आयोजना सञ्चालनका लागि उपलब्ध गराउने मौजदात कोष अनुदान स्वीकृत गरेको हो ।

जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा आज बसेको बोर्ड बैठकले जिल्लाका विभिन्न स्थानीय तहबाट माग भई आए अनुसारको स्वीकृति प्रदान गरिएको हो ।

तत्कालिन जिल्ला विकास समितिमा खर्च गरेर बाँकी रहेको रकमबाट मौज्जात कोष संचालन निर्देशिका–२०७५ बमोजिक स्थानीय तहको सिफारीस बमोजिम विभिन्न योजनाहरुका लागि प्रकृया पुरा गरि आएका योजना कार्यान्वयनका लागि रकम उपलब्ध गराउने निर्णय गरेको प्रमुख खुलालले बताउनुभयो ।

बैठकले प्रकृया पुरा गरेर आएका मध्ये कैलाश गाउँपालिकाको प्रशासकिय भवन निर्माणका लागि २ करोड, मनहरी गाउँपालिकाको तीनवटा वडा कार्यालय भवन निर्माणका लागि एक करोड, भीमफेदी गाउँपालिकाको प्रशासनीक भवन निर्माणका लागि १ करोड रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

यस्तै हेटौंडा–७ को वडा कार्यालय भवन निर्माणका लागि लागतको ६० प्रतिशत र हेटौंडा–१८ को हर्नामाडि स्वास्य चौकि निर्माणका लागि कार्यविधिले तोके अनुसारको रकम उपलब्ध गराउने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिनुभयो ।

मौजदात कोष निर्देशिमा साविक जिविसवाट प्रारम्भ भई निर्माण कार्य अधुरो रहेको योजनाहरु, स्थानीय तहका प्रशासनिक भवन तथा मर्मत संभार, स्थानीयतहका वडा कार्यालय भवनहरु, सामुदायिक विद्यालय भवन निर्माण, प्रशुति केन्द्र, स्वास्थ चौकी, प्राथमिक स्वास्थ्य केन्द्र भवन तथा खानेपानी सम्बन्धी पुर्वाधार निर्माण सम्बन्धी योजनाहरुमा रकम खर्च गर्न मिल्ने प्रावधान रहेको छ ।

सोहि बमोजिम चालु आर्थिक वर्षका लागि जिल्ला सभाबाट पारित भएको रकमबाट जिससको वोर्ड वैठकले योजनाहरु सञ्चालनका लागि रकम उपलब्ध गराउने निर्णय गरेको उहाँले बताउनुभयो ।

बोर्ड बैठकले योजनाको लगत ईष्टमिट, नक्सा, जग्गा सम्बन्धी आवश्यक डकुमेन्टका आधारमा भवन निर्माणका लागि ६० प्रतिशत र खानेपानि आयोेजनाका लागि ७५ प्रतिशत तथा बाँकी रकम स्थानीयतहले व्योहोर्ने गरि सम्झौता गर्ने गरिएको उहाँले बताउनुभयो ।

मौजदात कोषबाट यस अघि जिल्लाका विभिन्न स्थानीय तहहरुलाई करीब ११ करोड उपलब्ध गराईसकिएको छ ।

वि.सं.२०७७ असोज २४ शनिवार २०:४८ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...