back
NMB ad

श्रीनगरमा प्रभु बैंककाे नयाँ शाखा

Kumari bank ad

सल्यान । प्रभु बैंकले आफ्नो सल्यानको शारदा नगरपालिकाको श्रीनगरमा शाखा संचालनमा ल्याएको छ ।

यससँगै प्रभुको कर्णालीमा ७ औँ शाखा र नेपालभरी २११ वटा शाखा पुगेको छ । बैंकको सल्यान शाखा कार्यालयको समुद्घाटन शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारी गरेका हुन् ।

बैंकको सल्यान शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अधिकारीले बैंकले आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्दै आर्थिक विकासमा टेवा पुग्ने आशा राखेको र सर्वसाधारणको घर(आँगनसम्म सरल एवं सहज रुपमा बैंकिङ्ग सेवा विस्तारमा जोड दिन आग्रह गरे ।

बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र सल्यानको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै बैंकलाई सफलताको शुभकामना दिए ।

प्रभु बैंकको सल्यान शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तर बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेमा प्रभु बैंकले विश्वास लिएको छ ।

समुद्घाटन कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष शन्तोष केसी, पुर्व जिबिस सभापति ध्रुवराज पुरी, सल्यान उद्योग वाणिज्य संघ सल्यानका महासचिव भरत बस्नेत, प्रभु बैंकका कर्णाली प्रदेश ईन्चार्ज कृष्ण प्रसाद आचार्य स्थानीय व्यापारी, बुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७७ असोज २५ आइतवार ११:११ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...