back
NMB ad

‘सेल अफर’ले तातिएको बजार : स्टक क्लियरेन्स गरी व्यापार बढाउने रणनीतिमा व्यापारीहरु

Kumari bank ad

काठमाडौं । दशैं नजिकिएसँगै बजार सेल अफरले तातेको छ । व्यापारीहरुले दशैंको मुखमा पुरानो सामान कटाउन सेल अफर ल्याउने गर्छन् ।

यसपटक लकडाउनका कारण लामो समय पसल बन्द गर्नुपरेको अवस्थाले गर्दा आर्थिक स्थितिमा सुधार ल्याउन पनि स्टक क्लियरेन्स गरी व्यापार बढाउने रणनीतिमा व्यापारिहरु देखिन्छन् ।

तर यस्तो बजारमा उपभोक्ताहरु गुणस्तरमा ठगिन सक्ने भन्दै नियमनको आवस्यकता रहेको उपभोक्ताकर्मीहरु बताउँछन् । दशैं नजिकिदै गर्दा काठमाडौं उपत्यका भित्रका मूख्य बजारहरु सेल अफरले तातेको छ ।

खासगरी लत्ताकपडा, जुत्ता लगायतका फेन्सी पसलहरुमा सेल अफर र विभिन्न छुटहरुका अफर टासिएका ब्यानरहरु प्रसस्तै देखिन्छ ।व्यापारीहरुले १० देखि ६० प्रतिशत सम्म छुट दिई सेल अफर ल्याएका छन् ।

लामो समय कोभिड १९ रोकथामका लागि लागू भएको लकडाउनका कारण व्यापार गर्न नपाएको र पुरानो समान स्टक रहने स्थिति आएपछि स्टक क्लियरेन्सका लागि पनि अधिकांश व्यापारीहरुले सेल अफर ल्याएको बताएका छन् ।

लकडाउनमा व्यापार गर्न नपाएपनि घरभाडा लगायतको दायित्व व्यहोर्नुपरेको अवस्थामा आफुसँग भएको स्टक सामानको क्लियरेन्स गरी आर्थिक जोहो गर्ने रणनीतिमा व्यापारीहरु छन ।

यस्तो अवस्थामा आफुले खरिद गरेको मूल्य भन्दा पनि कम मूल्यमा सामान विक्री गर्न बाध्य भएको व्यापारीहरु बताउँछन् । पसलमा रहेको पुरानो समान सकेर नयाँ समान ल्याउनका लागि पनि सेल अफर मार्फत विक्री गर्ने रणनीति अपनाइएको व्यापारीहरुको भनाई छ ।

उपभोक्ता कर्मीहरु भने दशैं तिहार र छठ पर्वलाई लक्षित गरी ल्याइएको सेल अफरको बाजरलाई नियमन गर्नुपर्ने बताउँछन् । खासगरी सेल अफरमा विक्री गर्न लागिएका समानहरुको वास्तविक गुणस्तर र मूल्यको जानकारी पर्याप्त नहुने र उपभोक्ताले ढुक्क भएर खरिद गर्न पाउने अवस्था नरहेकोले नियमनको आवस्यकता रहेको उपभोक्ताकर्मी माधव तिमिल्सिनाले बताउनुभयो ।

दशैं, तिहार र छठमा नयाँ कपडा, घरायसी सामग्रीहरु किन्ने ग्राहकहरु धेरै हुन्छन् । सेल अफर मार्फत ग्राहक तान्नको लागि पनि व्यापारीहरुले विभिन्न रणनीति सहितको अफर ल्याएका हुन्छन् ।

सेल बजारमा सस्तोमा समान पाउने भएपनि त्यसको गुणस्तरको विषयमा भने खुलाइएको हुँदैन । यसबाट उपभोक्ताले सही समान पाउन सक्छन सक्दैनन भन्ने ज्ञारेन्टी नभएको उपभोक्ताकर्मीहरु बताउँछन् ।

वि.सं.२०७७ असोज २५ आइतवार १७:२० मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...