back
NMB ad

सनराइज बैंक र जोन्टा क्लब काठमाडौंबीच सहकार्य

Kumari bank ad

काठमाडौं । सनराइज बैंक र जोन्टा क्लब काठमाडौंबीच अनलाईन शिक्षाको लागि सहकार्य सुरु भएको छ ।

कोभिड—१९ का कारण सार्वजनिक विद्यालयको शिक्षा रोकिएका बेला बैंक र जोन्टा क्लबबीच अनलाइन शिक्षाका लागि सहकार्य भएको हो । यो पहल नेपालको सबैभन्दा पुरानो र ऐतिहासिक विद्यालय, दरबार हाईस्कूलमा शुरू भइरहेको छ ।

सनराइज बैंक लिमिटेडले आफ्नो १३ औं वार्षिकोत्सवमा जोन्टा क्लब काठमाडौंको यस पहललाई आंशिक रूपमा लगानी गरेर सहयोग पुर्याएको छ ।

बैंकबाट प्राप्त भएको रु ३ लाखको प्रारम्भिक सहयोगले यस विद्यालयका शिक्षकहरुलाई ल्यापटप, डिजिटल साक्षरता र प्रशिक्षण प्रदान गरी प्रारम्भिक चरणमा कार्यान्वयन गरिनेछ ।

महिला शिक्षकसँगै पुरुष शिक्षकहरूलाई पनि ल्यापटप र शिक्षा प्रदान गरिनेछ । जोन्टा क्लब काठमाडौं र दरबार हाईस्कूलले सनराइज बैंकको यस योगदानलाई ठूलो सम्मान गरेको र बैंकसँग लामो र अर्थपूर्ण सहकार्यको लागि तत्पर रहेको जनाएको छ । जोन्टा क्लब काठमाडौं २०१२ मा जोन्टा इन्टरनेसनलको छाता अन्तर्गत स्थापित भएको थियो ।

वि.सं.२०७७ असोज २७ मंगलवार १४:०५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...