back
NMB ad

आर्थिक सङ्कटमा आँखा अस्पताल

Kumari bank ad

लहान । सिरहाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल यतिबेला आर्थिक सङ्कटमा परेको छ ।

कोरोना भाइरस संक्रमणका कारण नेपाल–भारतीय सीमा बन्द हुँदा भारतबाट आउने बिरामीको सङ्ख्या ह्वातै घटेपछि यो अस्पताल आर्थिक सङ्कटमा परेको हो ।

सो अस्पतालमा करिब ७५ प्रतिशत भारतीय र २५ प्रतिशत नेपाली नागरिक उपचारका लागि आउने गरेको थियो । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले भारतीय सीमानाका बन्द गरेपछि उपचारका लागि अस्पताल आउने भारतीय बिरामीको सङ्ख्या ह्वातै घटेको अस्पतालका प्रवन्धक अभिषेक रोशनले जानकारी दिए ।

“पहिला दैनिक एक हजार २०० सम्म बिरामी आउने गरे पनि अहिले घटेर ३ सयमा झरेको छ” उनले भने, “भारतीय बिरामी आउन छाडेपछि अस्पतालमा आर्थिक समस्या बढ्न थालेको छ ।” अस्पतालमा बिरामी घटेपनि करिब ६ महिनासम्म अस्पतालको मौज्दात रकमबाट कर्मचारीलाई तलब खुवाए पनि अब भने समस्या र्भरहेको उनको भनाइ छ । “अस्पतालको मुख्य आयस्रोत आँखाका बिरामीहरुको उपचार नै हो”, उनले भने, “उपचार सेवाबाट हुने आम्दानीले ३०० भन्दा बढी कर्मचारीलाई तलब खुवाउँदै आएका छौं, तर बिरामी नै घटेपछि अस्पतालको आयस्रोत पनि घटेको छ, फलस्वरुप अस्पताल सञ्चालन गर्न कठिनाई भइरहेको छ ।”

भारतीय सेवाग्राहीबाट उठेको पैसाले जिल्लाका विभिन्न स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गदै आएको अस्पतालले अब त्यस्तो काममा समस्या हुन सक्ने बताएको छ ।

अस्पतालको आर्थिक अवस्थामा सुधार ल्याउन र शिविर सञ्चालन गर्न अब बैकिल्पक उपाय अपनाउनुपर्ने देखिएको छ । मुलुकमा जारी बन्दाबन्दीका समयमा पनि नियमित रुपमा उपचार सेवा सञ्चालन गर्दै आएको उक्त अस्पतालले बन्दाबन्दी शुरु भएको गत चैत ११ गतेदेखि अहिलेसम्ममा २७ हजार २१३ बिरामीको उपचार गरेको जनाएको छ । गत वर्षको सोहि अवधिमा अस्पतालले ७५ हजार भन्दा बढी आँखाका बिरामीलाई उपचार गरेको थियो ।

उपचारका लागि आउने बिरामीको सङ्ख्या घटेको र कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर अस्पतालले स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर सेवा सञ्चालन गरिरहेको जनाएको छ ।

सो आँखा अस्पतालमा प्रदेश नं २ का आठ वटै जिल्ला र प्रदेश नं १ का उदयपुर, सुनसरी तथा भारतीय बजारबाट बिरामीहरु उपचारका लागि आउने गरेका छन् ।

स्थापना भएको विगत ३८ वर्षभित्र अस्पतालले ५९ लाखभन्दा बढी व्यक्तिको आँखाको जाँच तथा १२ लाखभन्दा बढीको शल्यक्रिया सेवा प्रदान गरेको अस्पतालका प्रमुख सञ्जय सिंहले बताए । लहानबाहेक अस्पतालले मुलुकको विभिन्न शहरमा समेत शाखा बिस्तार गरी आँखाका बिरामीको उपचार गर्दै आएको छ ।

प्रमुख सिंहका अनुसार यो अस्पतालले लहानबाहेक सिरहा सदरमुकाम सिरहा बजार र मिर्चैया, सप्तरीको राजविराज र कञ्चनपुर, धनुषाको धनुषाधाम, महोत्तरीको बर्दिवास र जलेश्वर, सर्लाहीको मलङ्गवा, उदयपुरको गाईघाट, खोटाङ्गको दिक्तेल र हलेसी तथा सिन्धुलीको खाल्टे गरी १३ शाखामार्फत बिरामीलाई आँखाको उपचार सेवा प्रदान गर्दै आएको छ ।

यसबाहेक अस्पतालले बिभिन्न सङ्घसंस्थाको समन्वयमा घुम्ती आँखा शिविरमार्फत समेत बिरामीको निःशुल्क उपचार तथा शल्यक्रिया सेवा दिँदै आएको प्रमुख सिंहको भनाइ छ । सरकारले गरेको बन्दाबन्दीको समयमा आर्थिक सङ्कटमा परेका ५०० परिवारलाई राहत समेत वितरण गरेको अस्पतालले जनाएको छ ।

स्थानीय स्व. छबिलाल चौधरी, स्व. सरोबरलाल चौधरी र रबिन्द्रलाल चौधरीको सक्रियतामा सन् १९८२ मा स्थापना भएको अस्पतालले सन् १९८३ बाट नियमित आँखा उपचार सेवा शुरु गरेको हो ।

लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको एउटा कोठाबाट शुरु भएको सो अस्पतालले सन् २०२१ बाट सुविधासम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने लक्ष्य लिएको प्रमुख सिंहले जानकारी दिए ।

आम नागरिकको उपचार सेवामा समर्पित यो अस्पतालको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि सरकारले पनि सहयोग गर्नुपर्ने लहान नगरपालिका–७ का शंकर चौधरीको भनाइ छ ।

वि.सं.२०७७ असोज २९ बिहीवार १६:४८ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...