back
NMB ad

देशभर सङ्कटकाल घोषणा !

Kumari bank ad

एजेन्सी । थाई नरेश जर्मनीबाट फर्किने क्रममा प्रजातान्त्रिक अधिकारका लागि भन्दै आन्दोलनरत विद्यार्थी समूहले राजाविरूद्ध नाराबाजी गरेका छन् ।

 

राजधानी बैंककमा नै राजाविरोधी नारा लागेपछि सरकारले देशभर सङ्कटकालको घोषणा गरेको छ । शान्तिपूर्ण प्रदर्शन तथा ठूला भेला रोक्न कडा सङ्कटकालीन आदेश जारी गरेको विपक्षी नेताहरूले बताएका छन् ।

विपक्षी समूहले प्रहरीले केही प्रभावशाली नेतासहित २० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको बताएको छ । नागरिक अधिकारको लागि भन्दै उनीहरूले बिहीबार बिहानैदेखि प्रदर्शन गरेका थिए ।

प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरिएको स्वीकार गरेको छ । राष्ट्रिय प्रहरी प्रवक्ता यिङग्युस थप्जुमनोङले भन्नुभयो, “आन्दोलनकारीले आफ्ना गतिविधिलाई हिंसात्मक बनाएपछि शान्ति तथा सुव्यवस्था कायम गर्न कम्तीमा २२ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिई प्रहरी हिरासतमा राखिएको छ । आवश्यक अनुसनधानपछि उनीहरूलाई रिहा गरिनेछ ।”

थाईल्याण्डमा राजतन्त्र र राजपरिवारविरुद्ध बोल्न वा लेख्न नपाइने कानुनी व्यवस्था भएपनि प्रदर्शनकारीहरूले राजा महा वाचिरालङ्कनविरूद्ध नारावाजी गरेपछि सरकारले शान्ति र सुव्यवस्था कायम गर्न सङ्कटकाल लगाउनुपरेको बताएको छ ।

युवाहरूले प्रजातन्त्रका लागि भनी गर्दै आएको आन्दोलन थप हिंसात्मक बन्ने देखेपछि देशमा सङ्कटकाल लगाउनुको विकल्प नदेखिएको सरकारी अधिकारीले दावी गरेका छन् ।

प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको राजीनामा र राजाको अधिकार कटौतीको माग गर्दै प्रदर्शन गरेका थिए भने सरकारले देशमा शान्ति र सुव्यवस्था कायम गर्न सङ्कटकाल लगाउनुपरेको बताएको छ ।

हजारौं विद्यार्थी तथा सरकारविरोधी कार्यकर्ता बैंककमा भेला भई शाही मोटर गुड्ने मार्गमा नै अवरुद्ध पार्ने उद्देश्यले सडकमा उत्रिएर तीन औला उठाएर साङ्केतिक रूपमा विरोध प्रदर्शन गर्नुका साथै राजा र सरकारका अधिकार कटौतिासमेतको पक्षमा नाराबाजी गरेका थिए ।

प्रदर्शनकारीले नागरिकका अधिकारका लागि बैककका सडकमा ओर्लिन र आन्दोलनलाई थप सशक्त पार्न आह्वान गरेका छन् भने सरकारले उनीहरूलाई प्रदर्शनका लागि भेला हुन नदिने रणनीतिस्वरूप सङ्कटकालको घोषणा गरेको हो ।

वि.सं.२०७७ असोज २९ बिहीवार १७:४५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...