back
NMB ad

फास्ट ट्रयाकको पहुँचका लागि प्रदेश सरकारको पहल, छोटिँदै हेटौंडा–काठमाडौंको दुरी

Kumari bank ad

हेटौंडा । बागमती प्रदेश सरकारले मकवानपुरको कोगटेमा राष्ट्रिय गौरवको आयोेजना काठमाडौं–निजगढ फास्ट ट्रयाकसँगको पहूँचका लागि पहल गरेको छ ।

संघीय सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा कार्यान्वयन गरिरहेको काठमाडौं–निजगढ फास्ट ट्रयाकसँग मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ईन्द्रसरोवार गाउँपालिका–३ को कोगटे दोभानमा पहूँच प्राप्त गरे हेटौंडा–काठमाडौंको सडक दूरी ५४ किलोमिटरमा छोटिने छ ।

बागमती प्रदेश सरकारले मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको भैंसे–भीमफेदी सडकखण्ड दुईलेनको बनाउने, भीमफेदीबाट कुलेखानी पोष्टबहादुर बोगटी सुरुङमार्ग निर्माण गर्ने महत्वाकांक्षी योजना कार्यान्वयन गर्दै कुलेखानीबाट सिस्नेरी–कोगटे हुँदै फास्ट ट्र्याकको पहूँच भए हेटौंडा–काठमाडौंको दूरी ५४ किलोमिटरमा छोट्याउने लक्ष्य लिएको छ ।

देश सरकारले गौरवको योजनाको रुपमा सुरुङमार्गलाई कार्यान्वयन गर्न लागेको र भैंसे–भीमफेदी सडक विस्तारको योजना समेत कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्नुहुँदै बागमती प्रदेश सरकारका भौतिक योजना मन्त्री रामेश्वर फूँयालले काठमाडौं–निजगढ फस्ट ट्र्याकसँगको पहूँच प्राप्त गरेर संघीय राजधानी काठमाडौंसँग बागमती प्रदेशको राजधानी हेटौंडाको दूरी छोट्याउने योजना बनाएको बताउनुभयो ।


फास्ट ट्र्याकसँगको पहूँचकै लागि शनिबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आफैं स्थलगत अवलोकनमा पुग्नु भएको छ । प्रदेश सरकारकै पहलमा मुख्यमन्त्रीले प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्री रामेश्वर फूँयाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्प कँडेल, प्रधानमन्त्रीका सल्लाहकार पूर्वाधार विज्ञ गजेन्द्र थपलिया, बागमती प्रदेश नीति तथा योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्याम बस्नेत, संघीय सरकार र प्रदेश सरकारका प्राविधिक जनशक्ति, फास्ट ट्र्याक निर्माणमा खटिएका नेपाली सेनाका अधिकारीसहित मकवानपुरको भीमफेदी र ईन्द्रसरोवर गाउँपालिकाको स्थलगत अवलोकन गर्नुभएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिनुभएको छ ।

फास्ट ट्र्याकसँगको पहूँच स्थापित गर्न सके हेटौंडाबाट भीमफेदी २३ किलोमिटर, सुरुङमार्ग ३ किलोमिटर, कुलेखानीबाट कोगटे दोभान ११ किलोमिटर र कोगटे दोभानबाट काठमाडौंसम्म फास्ट ट्र्याकको दूरी १७ किलोमिटर गरी कुल ५४ किलोमिटरमा काठमाडौंसम्मको सहज सडक पहूँच हुने भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताउनुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्रीको पहलमा योजना आयोगसहितको सरोकारवाला निकायका अधिकारीले शनिबार स्थलगत अवलोकन गरेर थप प्राविधिक सम्भाव्यता अध्ययनबाट पहूँच स्थापित गर्न महत्वपूर्ण कार्य भएको बागमती प्रदेशका भौतिक योजना मन्त्री रामेश्वर फूँयालले बताउनु भएको छ ।

यसअघि असोज ९ गते संघीय सरकारका रक्षा मन्त्री, अर्थ मन्त्री, योजना आयोगका उपाध्यक्षको उपस्थितिमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फास्ट ट्र्याकको पहूँचका लागि प्रस्ताव गर्नुभएको पनि मन्त्री फूँयालले जानकारी दिनुभएको छ ।

शनिबारको सरोकारवाला निकायका उच्च अधिकारीको निरीक्षण र थप अध्ययन पश्चात फास्ट ट्र्याकसँगको पहूँच स्थापित हुने निश्चित प्रायः भएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताउनुभएको छ ।

भैंसे–भीमफेदी सडक विस्तार गरी सुरुङमार्ग निर्माण भई फास्ट ट्र्याकसँगको पहूँच स्थापित भए भारी सवारी साधनका लागि सङ्घीय राजधानी काठमाडौंसँगको दूरीमा उल्लेख्य कटौती हुने अपेक्षा गरिएको छ ।

अहिले मालबाहक सवारी साधनहरु हेटौंडाबाट पूर्वपश्चिम राजमार्गको नारायणगढबाट मुग्लिङ हुँदै काठमाडौंसम्म २२६ किलोमिटरको दूरी कठिन उकालो पार गर्दै पुग्नुपर्ने बाध्यता छ ।

वि.सं.२०७७ कात्तिक १ शनिवार २१:५७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...