back
NMB ad

निषेधाज्ञा खुलेको ३ महिनामा पनि सुध्रिएन उद्योगको उत्पादन

Kumari bank ad

विराटनगर । कोरोना महामारीका कारण बन्दाबन्दी भएको ४ महिनापछि खुलेका उद्योगहरूको उत्पादनमा पछिल्लो ३ महिना पनि खासै सुधार हुन सकेको छैन ।

सुनसरी मोरङ औद्योगिक कोरिडोरमा रहेका खाद्यान्नबाहेकका उद्योगको उत्पादन क्षमताको ५० प्रतिशतमा सीमित रहेको छ । कामदारमा कोरोना संक्रमणको बढ्दो दर र बजारमा वस्तुको खपत घटेकाले उत्पादनमा कमी आएको उद्योगीहरू बताउँछन् ।

जाडो शुुरू हुन लाग्दा कोरोनाको दरसमेत बढिरहेकाले अबको २ महीनासम्म कोरोना संक्रमण बढ्ने र त्यसको सामना गरेपछि मात्र उद्योगको अवस्था के हुुने भन्ने आकलन गर्न सकिने उद्योगीहरू बताउँछन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यवाहक अध्यक्ष राजेन्द्र राउतले सुनसरी मोरङ औद्योगिक कोरिडोरका खाद्यान्नबाहेकका उद्योगहरूको उत्पादन ५० प्रतिशतमा सीमित रहेको बताए । बन्दाबन्दी खुुकुलो भएको ३ महीनापछि पनि बजारमा माग नबढेकाले उद्योगहरूको उत्पादन बढ्न नसकेको उनको भनाइ छ ।

अत्यावश्यकीय वस्तु उत्पादन गर्ने उद्योगको उत्पादन शतप्रतिशत भए पनि बजारमा माग नभएकाले अन्य उद्योगको उत्पादन ५० प्रतिशतमा सीमित हुन पुुगेको राउतले बताए ।

उनले भने, ‘बजारमा माग भयो भने आपूर्ति गर्ने हो, तर माग छैन उत्पादन गरेर गोदाममा थन्क्याउन किन उत्पादन गर्ने रु’ पछिल्लो समय निर्माणसँग सम्बद्ध उद्योगहरूको उत्पादन व्यापक कटौती भएको छ ।

सिमेन्ट, रड, इँटालगायत उद्योगको उत्पादन घटेको छ । त्यस्तै कपडा, धागो, जुट उद्योगको उत्पादनमा समेत कटौती भएको छ । तीन सिफ्ट चल्दै आएका उद्योगहरू अहिले दुुई र एक सिफ्टमा सीमित भएका छन् ।

बहुुराष्ट्रिय कम्पनी आरती स्ट्रिपले पछिल्लो समय मेची नाकाबाट भुटान, पश्चिमबंगाल र असाम राज्यमा पठाउँदै आएको फलामका वस्तुहरू पठाउन छाडेको छ ।

बन्दाबन्दीअघि मेची भन्सार हुँदै बाहिरिने ती वस्तुको निकासी बन्द प्रायः भएको मेची भन्सार स्रोतले बतायो । आरती स्ट्रिपका भाइस प्रेसिडेन्ट विशाल गुुप्ताले मजदूरमा देखिएको कोरोना संक्रमणपछि उद्योग २ साता बन्द गर्नुपरेको र यसले उत्पादनमा समेत गिरावट आएको बताए ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बन्दाबन्दी खुले पनि उद्योगहरूको अवस्थामा तुलनात्मक रूपमा सुधार आउन नसकेको बताएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ कात्तिक २ आइतवार ०७:२१ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...