back
NMB ad

राष्ट्र बैंकको परिपत्रले आयातकर्ता अन्योलमा

Kumari bank ad

वीरगञ्ज । नेपाल राष्ट्र बैंकको परिपत्रलाई देखाएर वाणिज्य बैंकहरूले भुक्तानी अस्वीकार गरेपछि चैत १६ अघि सिपमेन्ट भएका केराउ, मरीच र सुपारी भित्र्याउने प्रक्रिया फेरि अवरुद्ध भएको छ ।

खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागको पूर्वअनुमति नलिई भित्रिएका यस्ता वस्तु एकपटकका लागि भित्र्याउन दिने निर्णय सरकारले गरेको थियो । राष्ट्र बैंकको पछिल्लो पत्रका कारण जाँचपास रोकिएको आयातकर्ताले बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी चैत १६ अघि सिमपेन्ट भइसकेका यस्ता वस्तु भित्र्याउन अनुमति दिएको थियो ।

गत भदौ २२ मा मन्त्रालयको सूचना प्रकाशित भएपछि वीरगञ्ज सुक्खा बन्दरगाह र भारतका कोलकाता र विशाखापत्तनम् बन्दरगाहमा रोकिएका यस्ता मालसामन भित्रिन थालेका थिए ।

मरीच, सुपारी, केराउ, छोकडा र ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यका सवारीसाधन आयातका लागि विदेशी मुद्रा सटही सुविधा नदिन राष्ट्र बैंकले पत्राचार गरेको छ ।

राष्ट्र बैंकले असोज २७ मा यस्तो परिपत्र गरेको थियो । यो पत्र देखाएर बैंकहरूले सटही सुविधा दिन नमानेका हुन् । बैंकले सटही सुविधा नदिएपछि बन्दरगाहमा आइसकेका मालसामानको जाँचपास रोकिएको आयातकर्ता ओमप्रकाश मोरले बताए ।

राष्ट्र बैंकको पत्र देखाउँदै वाणिज्य बैंकहरूले केराउको भुक्तानी गर्न मानेका छैनन् । ‘सरकारले ल्याउन दिने भन्ने राष्ट्र बैंकले रोक्ने गर्दा व्यवसायीहरू ठूलो नोक्सानीमा पर्ने अवस्था भयो,’ मोरले भने, ‘राष्ट्र बैंकको पत्र देखाएर बैंकहरूले राजपत्रको सूचना लत्याइरहेका छन् । यो कानून मिच्ने काम हो ।’

सो परिपत्र औद्योगिक कच्चा पदर्थका रूपमा प्रयोग हुने मरीच र कूटनीतिक नियोगले भित्र्याउने ५० हजार डलरभन्दा बढी मूल्यको गाडीका सन्दर्भमा भएको दाबी नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख बमबहादुर मिश्रले गरे ।

सरकारले हालै कच्चा पदार्थका रूपमा प्रयोग हुने मरीच र कूटनीतिक नियोगका लागि गाडी आयातमा यस्तो प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।

‘उद्योग विभागको सिफारिशमा उद्योगले आयात गर्ने मरीच र कूटनीतिक नियोगले ल्याउने गाडी आयातमा सटही सुविधा दिने सन्दर्भमा परिपत्र भएको हो । यसबाट राजपत्रमा प्रकाशित सूचनाअनुसारका वस्तुको आयातमा कुनै बाधा हुँदैन,’ प्रमुख मिश्रले स्पष्ट पारे ।

चैत १६ अघि सिपमेन्ट भइसकेका यस्ता वस्तु भित्र्याउन दिने भनिए पनि प्रतिबन्ध कायमै रहेकाले त्यसयताको आयातमा सटही सुविधा नदिन परिपत्र गरिएको मिश्रको भनाइ छ । केही बैंकहरूले पत्रको आशय नबुझेर भुक्तानी रोकेको भेटिएको पनि उनले बताए ।

विदेशी मुद्रा सञ्चितिमा दबाब बढेको भन्दै सरकारले गत चैत १६ गते यस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धका कारण निर्णयअघि सिपमेन्ट भए पनि खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागको पूर्वस्वीकृति नलिएका १ हजार कन्टेनर मालसामान बन्दरगाहमा रोकिएको थियो ।आर्थिक अभियान दैनिकबाट

वि.सं.२०७७ कात्तिक २ आइतवार ०७:३४ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...