back
NMB ad

बाह्य पर्यटन खुल्यो बढ्न थाल्यो चासो

Kumari bank ad

काठमाडौं । लामो समयपछि बाह्य पर्यटकका लागि नेपाल खुला भएकै दिन एउटा हाइप्रोफाइल टोली हिमाल आरोहण गरी काठमाडौं फर्केको छ ।

बहराइनका राजकुमार मोहमेद हमाद मोहमेद अल खालिफाले नेतृत्व गरेको १८ सदस्यीय टोलीले सोलुखुम्बुस्थित छ हजार ११९ मिटर अग्लो लोबुच्चे र गोरखाको मनास्लु (आठ हजार १६३ मिटर)को सफल आरोहण गरेर काठमाडौँ आइपुगेको हो ।

कोेरोनाको प्रतिकूल अवस्थामा पनि पर्वतारोहणमा टोलीका कुनै पनि सदस्यलाई कुनै समस्या नभई सहज तरिकाले पर्वतारोहण सम्पन्न भएको टोलीको पर्वतारोहण नेतृत्व गरेको तासी शेर्पाले बताए । उनले यसले नेपालमा आगामी सिजनमा पर्वतारोहण गर्न सकिने सन्देश पनि दिएको बताए ।

चासो बढ्यो

सरकारले शनिबारदेखि विदेशीका लागि नेपाल भ्रमण खुला गर्ने घोषणा यसअघि नै गरिसकेको छ ।

सोहीअनुसार विशेष गरी आगामी सिजनमा पर्वतारोहण गर्न चाहनेले सोधपुछ गर्न थालेका छन् । सेभन समिटका तासी लाक्पा शेर्पाका अनुसार करिब दुई सय पर्वतारोहीले पर्वतारोहणको चासो देखाएर प्रक्रिया अगाडि बढाएका छन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसनका अध्यक्ष खुमबहादुर सुवेदीका अनुसार विदेशीका लागि आजदेखि नेपाल आउन खुला भए पनि अत्यन्तै थोरै सङ्ख्यामा मात्र आउन चाहने देखिएका छन् ।

कोभिड–१९ का कारण सरकारले तय गरेको प्रोटोकल अत्यन्तै झन्झटिलो भएकाले पनि पर्यटक निरुत्साहित भएको उनको भनाइ रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

वि.सं.२०७७ कात्तिक २ आइतवार ०७:३६ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...