back
NMB ad

अधिकांश मासु पसल मापदण्डविपरीत

Kumari bank ad

ललितपुर । लगनखेल बजारका अधिकांश मासु पसल मापदण्डविपरीत भेटिएका छन् । ललितपुर महानगरपालिकाका प्रतिनिधिले शनिबार लगनखेलमा गरेको बजार अनुगमनका क्रममा ती पसल मापदण्डविपरीत पाईएको हो ।

महानगरपालिकाका पशु चिकित्सक राजेन्द्र विष्टले लगनखेलका सात मासु पसलको अनुगमन गर्दा अधिकांश पसलले बिक्रीस्थल सफा नराखेको, मासु राख्ने फ्रिजहरु फोहर भएका र गन्हाउने मासु पनि भेटिएको बताए । उनले भने, “हामीले व्यापारीलाई सात दिनभित्र यी पसल सफा सुग्घर गरेर सञ्चालन गर्न निर्देशन दिएका छौँ।”

उपप्रमुख गीता सत्यालले कोरोना महामारीको यस जटिल अवस्थामा बजारहरु कसरी सञ्चालन भइरहेका छन्, ग्राहक र व्यापारीले भौतिक दूरी कायम गरेका छन् या छैनन् र गुणस्तरीय सामग्री पनि बिक्री भएका छन् या छैनन् भनेर निरन्तर छड्के अनुगमन गर्ने योजना बनाएको जानकारी गराइन् ।

महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख श्रीभद्र ओझाले उपभोक्ताले उचित र सुलभ मूल्यमा गुणस्तरीय सामग्री बजारबाट प्राप्त गर्न सकेका छन् या छैनन् भन्ने बुझ्न आफूहरु लागिपरेको भनाइ राखे । उनले भने, “हामीले दैनिक बजार अनुगमन गरी मापदण्डअनुसारका सामग्री बिक्री नगर्ने र स्थानीय तहका साथै सम्बन्धित निकायमा दर्ता पनि नगरी बजार सञ्चालन गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउने भएका छाँै ।”

यसैगरी महानगरपालिकाका अनुगमन टोलीले कतिपय ठाउँमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको, मापदण्ड पूरा नगरी दैनिक उपभोग्य सामग्री बिक्री वितरण भइरहेको, व्यवसायीले हरेक सामग्री किनेका र बेचेका विवरण पारदर्शी तरिकाले नराखेको र भ्याट बिल तिरेर सामान नकिनेको समेत फेला पारेको बताएका छन् ।

अनुगमन टोलीका एक सदस्यले यस्ता व्यवसायीलाई तुरुन्तै प्रक्रिया पु¥याएर सही तरिकाले व्यवसाय अघि बढाउन आग्रह गरेकोे जानकारी गराए । ललितपुरमा शुक्रबारबाट शुरु भएको बजार अनुगमनमा विभिन्न फेन्सी, औषधि, खाद्य तथा दैनिक अत्यावश्यक उपभोग्य वस्तुको अनुगमन भइसक्यो । महानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर ललितपुरमा निरन्तर बजार अनुगमन गर्ने जनाएको छ ।

वि.सं.२०७७ कात्तिक २ आइतवार ०८:०३ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...