back
NMB ad

पश्चिमी नाकामा नेपालको पहिचान झल्किने गेट निर्माण गरिने

Kumari bank ad

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकीमा ‘नेपाल गेट’ निर्माण हुने भएको छ।

भीमदत्त नगरपालिकाले चालु आर्थिक वर्षभित्रै ६२ लाख रुपैयाँ लगानी गरी गेट निर्माण गर्न लागेको हो। गेट निर्माणका लागि अस्मिता विल्डर्स प्रालिसँग नगरपालिकाले ठेक्का सम्झौता गरेको छ ।

माघ मसान्त सम्म गेट निर्माणको कार्य सक्ने गरी ठेक्का सम्झौता गरिएको नगरपालिकाका इन्जिनियर हिमालय सिंह ऐरले बताए।

गेटमा नेपालको नक्सा, बुद्धको मूर्ति लगायत नेपाली भूगोल, लोक संस्कृति झल्किने मूर्ति तथा सामग्रीहरू राखिनेछ‌। महाकाली पुल जोडने पहुँच मार्ग र महाकाली करिडोरको नेपाल प्रवेश बिन्दुमा पनि गेट निर्माण गरिने भएको छ।

‘गेटमै बुद्धको मूर्ति राखिने भएकाले विदेशी पर्यटकलाई बुद्ध जन्मेको देश भनेर परिचित गर्न सकिन्छ,’ नगर प्रमुख सुरेन्द्र बिष्टले भने, ‘भारतबाट नेपाल आउने जानेहरूलाई समेत आपनत्व प्रदान गर्नका लागि गेट निर्माण गरिन लागिएको हो।’

राष्ट्रिय स्वाभिमानलाई आत्मसात गर्दै गेट निर्माणको कार्य गरिने उनले बताए। गत आर्थिक वर्षमा नगरपालिकाले पर्यटन प्रवर्द्धन गर्नका लागि सीमा नाकामा ७७ फिट अग्लो नेपालको झण्डा राखेको थियो।

वि.सं.२०७७ कात्तिक २ आइतवार १०:१९ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...