back
NMB ad

५० लाखको लागतमा आधुनिक बधशाला निर्माण

Kumari bank ad

कञ्चनपुर । भीमदत्त नगरपालिकाको महेन्द्रनगरस्थित सब्जीमण्डीमा आधुनिक बधशाला सञ्चालनमा आएको छ ।

पशुपक्षी निर्देशनालय र नगरपालिकाको रु ५० लाखको लागतमा बधशाला निर्माण गरिएको हो । बधशालामा ५० खसी, बोका र ५०० कुखुरा एकैसाथ बध गर्न सकिने व्यवस्था गरिएको छ ।

कुखुरा र खसी बोका बध गर्नका लागि भवनमा अलग–अलगरूपमा व्यवस्था गरिएको छ । बधशालाका लागि निर्माण गरिएको भवनमा पशु बध गर्ने, बर्निङ गर्ने उपकरणसँगै, सफाइ गर्ने मेसिन, क्रेन, जेनेरेटरलगायत उपकरण जडान गरिएका छन् ।

बधशाला सञ्चालनका लागि नगरपालिकाले कञ्चनपुर मण्डी व्यवसायी सङ्घसँग सम्झौता गरेको छ । “मासुको कारोवारलाई व्यवस्थित बनाउनका लागि बधशाला सञ्चालन गरेका छौँ”, नगरप्रमुख सुरेन्द्र विष्टले भन्नुभयो, “नगरवासीलाई स्वच्छ, ताजा मासुको आपूर्तिमा जोड दिनका लागि काम अगाडि बढाइएको छ ।” दुई दशकअघि बधशला निर्माणका लागि भवन निर्माण गरिएको भए पनि सञ्चालनमा भने आउन सकेको थिएन ।

पशु बधशाला र मासु जाँच नियमावली, २०५७ अनुसार बधशाला सञ्चालन हुने नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले बताउनुभयो ।

बधशाला निर्माण भएपछि अव्यवस्थितरूपमा पशुबध गर्ने कार्यको अन्त्य भएको पशु बधशाला निर्माण तथा सुधार समितिका अध्यक्ष तर्कराज भट्टले बताउनुभयो । “तरकारी व्यवसायसँगै मासुका लागि पशुपन्क्षी बध गर्ने कार्यसँगसँगै हुँदा निकै समस्या थियो”, उहाँले भन्नुभयो, “पशु बधशाला सञ्चालनमा आएपछि बजार क्षेत्रको दुर्गन्ध हटेको छ ।

मासुको कारोवारसमेत व्यवस्थित भएको छ ।” बधशालाको सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा किसनलाल भट्ट र नगरप्रमुख सुरेन्द्र विष्टले शनिबार उद्घाटन गर्नुभयो ।

वि.सं.२०७७ कात्तिक २ आइतवार ११:२४ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...