back
NMB ad

धादिङ अस्पतालमा भेन्टिलेटर र आइसीयूकक्ष निर्माण हुँदै

Kumari bank ad

धादिङ । धादिङ अस्पताल धादिङमा एक साताभित्र भेन्टिलेटर जडान गरी सेवा शुरु गरिने भएको छ । वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा धादिङ अस्पतालमा दुईवटा भेन्टिलेटर राख्न लागिएको हो ।

धादिङ अस्पताल परिसरको बिरामी भर्ना गरिने क्षेत्रसँगै रहेको क्षेत्रमा अहिले भेन्टिलेटर राख्ने र बिरामीलाई कुर्ने आइसीयूमा राखिने स्थान बनाउँदै गरेको तथा एक सातामा तयार हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले बताएका छन् ।

अस्पतालले दुई भेन्टिलेटर र आठवटा आइसीयू शय्यासहितको थप सेवा दिन निरन्तर लागिरहेको र एक सातापछि अस्पतालले सेवा शुरु गर्न सकिने अवस्थामा पुगेको जनाएको छ ।

कोभिड–१९ उपचारका लागि स्थापना गरिने भए पनि यो सेवा शुरु भएपछि जिल्लामै सुविधासम्पन्न अस्पतालको रूपमा रहने भएको छ । आइसीयू र भेन्टिलेटर राखिएपछि बिरामीले जिल्लामै अति संवेदनशील अवस्थामा समेत सेवा पाउनेछन् भने गरिब नागरिकले घरआँगनमै निःशुल्क सेवा पाउने अवस्था आएको अस्पतालका अध्यक्ष धमलाको भनाइ छ ।

अस्पतालमा भेन्टिलेटर सेवा सञ्चालन भएपछि गम्भीर बिरामी भएकाहरुले समेत उपचार पाउने र सबै किसिमको विशेषज्ञ सेवासमेत रहने धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताएका छन् । हाल धादिङ अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवामा दैनिक १०० भन्दा बढी बिरामी आउने गरेका छन् भने विषेशज्ञसहितको टोलीले सेवा दिइरहेको छ ।

वि.सं.२०७७ कात्तिक १९ बुधवार ०९:३६ मा प्रकाशित

You can share this post!

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३०

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा...

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:२४

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

घटेको बजारमा दुई कम्पनीमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

घटेको बजारमा दुई कम्पनीमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:१६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

आजदेखि झुलाघाट नाका बन्द   

आजदेखि झुलाघाट नाका बन्द   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४६

बैतडी, ४ वैशाखः भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि...

सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका   

सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४०

काठमाडौँ, ४ वैशाख : काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि...