back
NMB ad

टेलिकमद्वारा ६ सय बढी स्थानीय तहमा फोरजी सेवा विस्तार

Kumari bank ad

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले ६ सय बढी स्थानीय तहमा फोरजीको पहुँच विस्तार गरेको जनाएको छ ।

गत वर्ष असोज १५ मा नेपाल टेलिकमले ६० वटा सहरमा फोरजी सेवा विस्तार गरेपछि प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्समार्फत कुराकानी गर्दै सेवा सुरुवातको घोषणा गरेका थिए ।

अहिले टेलिकमले २० लाख सक्रिय प्रयोगकर्तासहित देशभर फोरजी विस्तारको कामलाई द्रुत गतिमा अघि बढाएको जनाएको छ । टेलिकमले ७७ ओटै जिल्लामा आफ्नो फारजी नेटवर्कको पहुँच केही महिनाअघि नै पुर्याइसकेको घोषणा गरेको थियो ।

टेलिकमका प्रवक्ता राजेश जोशीले २८ सय भन्दा बढी स्थानमा झन्डै ४५ सय ओटा फोरजी टावर विस्तार भइसकेको बताए । उनका अनुसार, कोरोना भाइरस महामारीका कारण फोरजी प्रोजेक्टको काम ठप्प भएको कारण फोरजी विस्तारमा केही ढिलाई भएको हो । ‘पछिल्लो अक्टोबरदेखि ‘स्पीड’ ले काम भइरहेको छ’ उनले भने, ‘लकडाउन र निषेधाज्ञाले काम ठप्प हुँदा प्रगति देखिएको थिएन ।’

टेलिकमका अनुसार अहिले मासिक महिनामा दुई सयभन्दा बढी टावर स्थापना र जडान हुँदै आएका छन । महामारीका कारण प्रोजेक्टमा जनशक्ति र व्यवस्थापनमा पनि समस्या भएको प्रवक्ता जोशीको भनाई छ ।

हालसम्म ६ सय भन्दा बढी स्थानीय तहमा फोरजीको पहुँच पुर्याइसकेको टेलिकमले केही महिना भित्रै सबै स्थानीय तहमा फोरजी विस्तार गरिसक्ने जनाएको छ ।

पछिल्लो ३/४ दिनमा एकचोटी फोरजी नेटर्वकमा कनेक्ट भएको र क्षणिक रुपमा फोरजी नेटवर्कको पहुँचमा भएका प्रयोगकर्ता समेतलाई समेत जोड्ने हो भने २८ लाख भन्दा बढी प्रयोगकर्ता पुग्ने गरेको टेलिकमले जनाएको छ ।

टेलिकमले एक वर्षभित्र सबै जिल्लामा फोरजी सेवा पु¥याउने गरी २०७५ माघमा सम्झौता गरेको थियो । हाल टेलिकममको थ्रीजी प्रयोगकर्ता ८६ लाख ६६ हजार छन । त्यसैगरी, एनसेलका फोरजी ग्राहक ३७ लाख ६२ हजार छन भने थ्रीजी ग्राहक २८ लाख ८४ हजार छन ।

टेलिकमको फोरजी विस्तारको कुल लागत १८ अर्ब ७१ करोड रुपैयाँ छ । हङकङस्थित चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसन (सीसीएसआई) ले रेडियो एक्सेस नेटवर्क (¥यान) एवं जेडटीईले कोर नेटवर्क विस्तारको काम पाएका छन ।

टेलिकमका टावरबीच सम्पर्क स्थापित गराउने काम कोर नेटवर्कले गर्छ ।

वि.सं.२०७७ कात्तिक १९ बुधवार १२:०० मा प्रकाशित

You can share this post!

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...