back
NMB ad

महामारीले मुर्झाएको नेपालको पर्यटन क्षेत्रमा आशा जगाउँदै पर्वतारोहण

Kumari bank ad

काठमाडौं । गत भदौ १९ गते दाबा स्टेभेन शेर्पा नेतृत्वको छ सदस्यीय आरोहण दलले यस वर्षकै पहिलोपटक आरोहण अनुमति पाउँदा महामारीले मुर्झाएको नेपालको पर्यटन क्षेत्रमा एउटा आशा पलाएको थियोे ।

यो सन् २०२० को सुरुवातमा भ्रमण वर्षको उत्साहले हौसिएको नेपाली पर्यटन क्षेत्र कोभिड सङ्क्रमणले करिब आधा वर्ष ठप्प भएपछि आएको एउटा सुखद खबर थियो ।

नेपालका लागि महत्वपूर्ण पर्वतीय पर्यटनलाई महामारीकै बीचमा पुनः जगाउन उक्त अनुमतिले जसरी आशा जगाएको थियो त्योभन्दा धेरै उत्साहित बनायो बहराइनका राजकुमारसहितको टोलीको आरोहण अनुमतिले । मन्त्रिपरिषद्ले नै बहराइन र बेलायतका दुई टोलीलाई मनास्लु हिमालका लागि आरोहण अनुमति दिने निर्णय गरेको थियो ।

विदेशी पर्यटक स्वागत गर्न नपाएको नेपालका लागि नै त्यो उत्साहपूर्ण खबर थियो । महत्वपूर्ण व्यक्तित्वसहितको टोली भएकाले पनि उक्त आरोहणप्रति आम सर्वसाधारणको समेत चासो बढेको थियो ।

आरोहण टोलीको हरेक गतिविधि नेपाली सञ्चार माध्यमका लागि नियमित खबर भए । मनास्लु हिमालको सफल आरोहण गरेर पर्वतीय पर्यटनलाई बलियो उत्साह थप्दै बहराइनको टोली कात्तिक ७ गते फर्कियो ।

वरुण सेमा नेपाली र मनास्लुमा बहराइन र बेलायत गरी दुई टोलीलाई आरोहण अनुमति दिएको पर्यटन विभागले त्यसयता थप चारवटा आरोहण अनुमति जारी गरिसकेको छ ।

विभागका निर्देशक मीरा आचार्यका अनुसार कात्तिक १ पछि आमादब्लमका लागि दुई, ग्याल्जेन र हिमलुङ हिमाल आरोहणका लागि एक/एक टोलीलाई आरोहण अनुमति प्रदान गरिसकिएको छ ।

त्यसमध्ये ग्याल्जेनको आरोहण दल नेपाली हो भने बाँकी तीनवटा विदेशी आरोहण दल हो । विभागले पछिल्लोपटक मात्रै हिमाल आरोहणका लागि ४३ जनाको अन अराइभल भिसा स्वीकृतिका लागि अध्यागमन विभागलाई सिफारिस गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

वि.सं.२०७७ कात्तिक २० बिहीवार ०८:०६ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...