back
Mega Long Ad

केन्द्रको स्वीकृतिविना भगिनी सम्बन्ध स्थापना नगर्न देशभरका स्थानीय तहलाई आग्रह

काठमाडौं । केन्द्र सरकारको पूर्वस्वीकृतिविना विभिन्न देशका शहरहरुसँग भगिनी सम्बन्ध कायम नगर्न देशभरका स्थानीय तहलाई आग्रह गरेको छ ।

सरकारको स्वीकृतिविना विभिन्न देशका स्थानीय तहसँग भगिनी सम्बन्ध गाँसेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७ सय ५३ स्थानीय तहलाई पत्र लेखर सो आग्रह गरेको हो ।

मन्त्रालयको सचिवस्तरको बैठकले स्थानीय तहलाई आग्रह गर्ने निर्णयअनुरुप सो पत्राचार गरिएको मन्त्रालयको विकास समन्वय सहायता शाखाका अधिकृत नमिता रेग्मीले जानकारी दिए ।

स्थानीय सरकार सञ्चालन ऐनविपरीत स्थानीयहरुले आफूखुसी विभिन्न देशका शहरबीच भगिनी सम्बन्ध कायम गर्न थालेपछि मन्त्रालयले बैठक बसेर सो आग्रह गरेको हो ।

मन्त्रालयका अनुसार भगिनी सम्बन्ध कायम गर्न मन्त्रालयको स्वीकृति अनिवार्यरुपमा लिनुपर्ने र स्वीकृति लिँदा तोकिएको ढाँचाबमोजिम मात्र सम्झौता गर्नुपर्ने छ । विभिन्न स्थानीय तहले तोकिएको ढाँचाबाहेक फरक बेहोरा राखेर समेत सम्झौता गर्ने गरेको मन्त्रालयले जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा ८ मा स्थानीय तहले प्रदेश सरकारको परामर्शमा नेपाल सरकारको पूर्वस्वीकृति लिई विदेशका कुनै स्थानीय तहसँग भगिनी सम्बन्ध कायम गर्न सक्ने प्रावधान रहेको छ ।

यस प्रावधानविपरीत स्थानीय तहका जनप्रतिनिधिहरु मिलाएर विदेश भ्रमण गर्ने, विभिन्न सहयोगको अपेक्षाले भगिनी सम्बन्ध कायम गर्न थालेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीको भनाइ रहेको छ ।

यही क्रममा तीव्रता पाएपछि यसअघि मन्त्रालयले सरकारको स्वीकृति नलिईकन जनप्रतिनिधिलाई विदेश भ्रमणमा रोक लगाएको थियो । मन्त्रालयले त्यसका लागि विदेश भ्रमणसम्बन्धी नियमावली तयार पारेको छ ।

संविधानले स्थानीय तहलाई स्वायत्त सरकारका रुपमा स्थापित गरेको तर्क गर्दै पछिल्लो समय आफूखुसी बढेको छ । स्थानीय तहका पदाधिकारीको विदेश भ्रमण बाक्लिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

वि.सं.२०७७ कात्तिक २० बिहीवार ०८:५१ मा प्रकाशित

You can share this post!

रियलमीले नेपालमा ल्याउने भयो नार्जो सिरिज, ५० ‘ए’, ५० ‘आइ’ बजारमा उपलब्ध

रियलमीले नेपालमा ल्याउने भयो नार्जो सिरिज, ५० ‘ए’, ५० ‘आइ’ बजारमा उपलब्ध

वि.सं.२०७८ मंसिर १७ शुक्रवार १७:१४

काठमाडौ । स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो...

आगलागीबाट ७० लाख बराबरको क्षति

आगलागीबाट ७० लाख बराबरको क्षति

वि.सं.२०७८ मंसिर १७ शुक्रवार १७:०४

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-६ मा आगलागी हुँदा एक घर...

आन्तरिक मामिला मन्त्रालय तीन महिनादेखि सचिवविहीन हुँदा सेवा प्रवाहमा समस्या

आन्तरिक मामिला मन्त्रालय तीन महिनादेखि सचिवविहीन हुँदा सेवा प्रवाहमा समस्या

वि.सं.२०७८ मंसिर १७ शुक्रवार १६:५०

धनगढी । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय तीन...

ज्ञानमा आधारित अर्थतन्त्र विकास र एसियाली अनुभव

ज्ञानमा आधारित अर्थतन्त्र विकास र एसियाली अनुभव

वि.सं.२०७८ मंसिर १७ शुक्रवार १६:४२

सन् १९६० को दशकमा फिलिपिन्सको अर्थतन्त्रको आकार, कुल गार्हस्थ उत्पादन...

हिमपातले हुम्लामा दुई दिनदेखि हवाई सेवा बन्द

हिमपातले हुम्लामा दुई दिनदेखि हवाई सेवा बन्द

वि.सं.२०७८ मंसिर १७ शुक्रवार १६:१४

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा दुई दिनदेखि हवाई...

टेकु अस्पतालमा इमरजेन्सी सेवाको निःशुल्क उपचार

टेकु अस्पतालमा इमरजेन्सी सेवाको निःशुल्क उपचार

वि.सं.२०७८ मंसिर १७ शुक्रवार १५:१४

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको इमरजेन्सी...