back
NMB ad

‘सम्पदा संरक्षणलाई प्राथमिकता’

Kumari bank ad

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले सम्पदा संरक्षणलाई उच्च प्राथमिकता दिदै शंखधर साख्वाःको पहिचानलाई सधै जीवन्त राख्ने बताएका छन् ।

शंखधर वचत तथा ऋण सहकारी संस्था लिमिटेड मध्यपुरथिमिको १३ औं वार्षिक साधारण सभालाई बुधबार सम्बोधन गर्दै उनले शंखधर चोकमा शंखसहितको शंखधर उद्यान तथा संग्रहालय समेत रहने गरी भवन निर्माण अन्तीम चरणमा पुगेको जानकारी दिए ।

उनले नगरपालिकाद्वारा सञ्चालिन नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना सङ्क्रमित नगरवासीको उपचारमा सहज बनाउन नगरपालिकलो पाँच वटा अक्सिजन मेशिन समेत जडान गरेको,सम्पदा संरक्षणदेखि सबै विकासका कामलाई तीब्रता दिएको बताए ।

कार्यक्रममा शंखधर साकोसका अध्यक्ष रामसुन्दर श्रेष्ठले मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका स–साना रकमलाई बचत गर्दैै सरल एवं शुलभ ब्याज दरमा ऋण प्रवाह गर्दै सामाजिक, साँस्कृतिक गतिविधिहरु संस्थाले योगदान दिदै आएको बताए ।

संस्थाका सचिव लक्ष्मीभक्त (राजु) श्रेष्ठले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले जोखिम व्यवस्थापन कार्यदल गठन गरी लकडाउनको समयमा ऋणको ब्याज बुझाउनेलाई ब्याजमा १२ प्रतिशत छुटको ब्यवस्था गरेको र कोषाध्यक्ष रामबहादुर श्रेष्ठले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आ.व. २०७६र०७७ सम्ममा संस्थाको शेयर पुँजी ३ करोड ४५ लाख ८७ हजार ८०० पुगेको बताए ।

संस्थाका लेखा सुरिवेक्षण समितिका संयोजक रत्नसुन्दर श्रेष्ठले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरे । संस्थाका पूर्वअध्यक्ष रत्नकृष्ण श्रेष्ठले कोभिड महामारीको बीचमा सरकारले तोकेको मापदण्ड पुरा गरेर सीमित सदस्यको उपस्थितिमा साधारणसभा सम्पन्न गर्न सफल भएको र मानवीय सेवाको गतिविधिलाई अगाडि बढाएको बताए।

वि.सं.२०७७ कात्तिक २० बिहीवार १४:२७ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...