सल्यान । कर्मचारी र स्थानीयमा कोरोना देखिएपछि कालिमाटी गाउँपालिकाको कार्यालय र पुतलीबजार सिल गरिएको छ ।
प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा कालीमाटी गाउँपालिकाको कर्मचारी बस्ने ठाउँ नजिकैका स्थानीयमा कोरोना पोजिटिभ देखिएको हो ।
गाउँपालिकाको कार्यालय पालिकाको केन्द्र पुतलीबजार एक साताका लागि बिहीबारदेखि सिल गरिएको र गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयले दिने अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हबिहादुर खत्रीले बताए ।
कोरोनाकै कारण तिहारको समयमा खेलिने देउसीभैलो समेत बन्द गरिएको उनले जानकारी गराए । स्थानीय तथा कर्मचारीमा कोरोना देखिएपछि थप सजगता अपनाइ अनिवार्य मास्क लगाएर हिँडडुल गर्न उनले पालिकाका स्थानीयलाई आग्रह गरेका छन् ।
वि.सं.२०७७ कात्तिक २० बिहीवार १७:३४ मा प्रकाशित