काठमाडौं । एनआइसी एशिया बैंक कोटेश्वर मुनीभैरव शाखाको एटीएम मेशिन फुटाएर रकम झिक्ने क्रममा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार राती ११ बजे सिन्धुपाल्चोक बाह्रबिसेका १९ वर्षीय अनिल तामाङलाई पक्राउ गरेको जनाएको छ। मेसिन तोडफोड गरी रकम निकाल्न खोज्दा प्रहरीले पक्राउ गरेको हो तर उनले रकम भने झिक्न नसकेको जनाएको छ।
प्रहरीले तामाङलाई हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
वि.सं.२०७७ मंसिर २२ सोमवार ११:२२ मा प्रकाशित