back
NMB ad

दमौली अस्पतालमा आइपुग्यो भेन्टिलेटर

Kumari bank ad

तनहुँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रकम उपलब्ध गराएपछि दमौलीस्थित जिल्ला अस्पतालमा चारथान भेन्टिलेटर आइपुगेको छ । मन्त्रालयले भेन्टिलेटर खरिदका लागि रु दुई करोड बजेट उपलब्ध गराएको थियो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले भेन्टिलेटर आइपुगेको र सघन उपचार केन्द्रका लागि आवश्यक श्य्या र अन्य सामग्री भने केही दिनभित्र आइपुग्ने जानकारी दिए।

“अस्पतालमा दश श्ययाको सघन उपचार कक्ष निर्माण गर्ने तयारी गरेका छौँ, यसका लागि पाँच वटा कोठा तयार भइसकेको छ,” उनले भने, “सम्पूर्ण सामग्री आउने बित्तिकै सञ्चालन गर्छौ ।” अस्पतालले ४५ दिनभित्र सम्पूूर्ण सामग्री ल्याउने गरी ठेकेदार कम्पनीसँग यही मङ्सिर ४ गते सम्झौता गरेको थियो । अध्यक्ष अधिकारीका अनुसार एउटा भेन्टिलेटरका लागि रु ३० लाख परेको छ ।

“विसं २०५९मा जिल्ला अस्पतालको रुपमा स्तरोन्नति भएको तनहुँस्थित दमौली अस्पतालमा अहिलेसम्म सघन उपचार कक्ष थिएन,” उनले भने, “कोभिडका कारण सघन उपचार कक्ष निर्माण हुने निश्चित भयो ।”

हालैमात्र अस्पतालमा दन्त सेवाका लागि डिजिटल एक्सरे मेसिन सञ्चालनमा ल्याइएको छ । “अस्पताललाई सुविधासम्पन्न बनाउन पूर्वाधार थप गर्दै लगिएको छ,” अध्यक्ष अधिकारीले भन्नुभयो, “दाँतको सेवाका लागि सञ्चालनमा ल्याइएको एक्सरे मेसिनले सर्वसाधारणले सहज रुपमा सेवा प्राप्त गर्नेछन् ।”विसं २०५९मा अस्पतालको रुपमा स्तरोन्नति भएको अस्पताल उपकरण थप्ने प्रयासमा जुटेको छ । सामान्य उपचारका लागि पोखरा, चितवन र काठमाडौँ जानुपर्ने अवस्थाको अन्त्य गर्नका लागि अस्पतालमा विभिन्न उपकरण थप गर्दै लगिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

गत महिना मात्रै अस्पतालमा एनेस्थेसिया उपकरण जडान गरिएको थियो । बिना अक्सिजन शल्यक्रिया गर्न सकिने रु २० लाख बराबरको उक्त उपकरण स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको थियो । पन्ध्र श्ययाको अस्पताललाई ५० श्ययामा स्तरोन्नतिका लागि प्रदेश सरकार मातहत रहेका दुई सरकारी कार्यालयको जग्गा उपलब्ध गराइदिन मुख्यमन्त्रीसँग अनुरोध गरिएको छ । कृषि ज्ञान केन्द्रको स्वामित्वको जग्गामध्येबाट पाँच रोपनी र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको स्वामित्वको जग्गामध्येबाट आठ रोपनी जग्गा अस्पताललाई उपलब्ध गराउन अस्पताल व्यवस्थापन समितिको माग छ ।

अस्पतालमा मातहतमा हाल साढे १५ रोपनी जग्गा रहेको र ५० श्य्याको अस्पताल बनाउन कम्तीमा ३५ रोपनी जग्गा आवश्यक पर्ने देखिएको छ ।
अस्पतालबाट हाल ४२ श्ययामा सेवा प्रवाह भइरहेको छ । अस्पतालको स्तरोन्नति गर्न सकिए सरकारी फिजिसियन, सर्जन, बालरोग, प्रसूतिरोगका विशेषज्ञ डाक्टरको दरबन्दी थप हुनेछ । अस्पतालले सघन उपचार कक्ष सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायोलिसस सेवासमेत प्रदान गर्दै आइरहेको छ ।

विसं २०३४मा स्वास्थ्यचौकीको रुपमा स्थापना र विसं २०५५मा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ मा अस्पतालको रुपमा स्तरोन्नति भएको थियो ।

वडामै पुगेर योजना सम्झौता

देवघाट गाउँपालिकाले वडास्तरमै पुगेर योजना सम्झौता शुरु गरेको छ । चालु आर्थिक वर्ष ०७७÷७८ को नीति, कार्यक्रम तथा बजेट बमोजिम सञ्चालन हुने योजना वडास्तरमै पुगेर सम्झौता शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

स्थानीयवासीलाई घरदैलोबाटै सेवा दिने उद्देश्यका साथ देवघाट गाउँपालिका–१ बाट योजना सम्झौता शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले जानकारी दिनुभयो । योजना सम्झौता गर्नका लागि उपभोक्तालाई गाउँपालिकाको कार्यालयमा आउनुपर्ने बाध्यताको अन्त्य गर्न वडामा पुगेर योजना सम्झौताको अभियान सञ्चालन गरिएको उनले बताए । “योजना सम्झौताका लागि गाउँपालिकामा आउनुपर्दा जनताले दुःख पाए,” उनले भने, “वडामै पुगेर योजना सम्झौता गरिदिँदा जनतालाई सहज हुने भयो ।”

वडामै पुगेर योजना सम्झौता गर्दा त्यस ठाउँको बारेमा जानकारी प्राप्त हुने र योजना सञ्चालनमा सहज हुने विश्वास गरिएको छ । “समयमै योजनाको सम्झौता गरी गुणस्तरीय काम सम्पन्न गर्न उपभोक्तालाई आग्रह गरेका छौ,”वडा नं १ मा सञ्चालन हुने १२ विकास योजनाको सम्झौता गरिएको छ ।

गाउँपालिकाका इन्जिनीयर तीर्थराज ढुङ्गानाका अनुसार आडबजे कुलो मर्मत, गोपीटार साना सिँचाइ, च्वारखोला कुलो मर्मत, झ्याडी खोला कुलो मर्मत, बसेनीटार खहरे कुलो मर्मत, बाघढुडे कुलो मर्मत, गहते खानेपानी तथा सरसफाइ योजना लगायतको सम्झौता गरिएको छ ।

“योजना सम्झौता सँगसँगै उपभोक्तालाई अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गरेका छौ,” उनले भने, “प्रत्येक वडामा पुगेर योजना सम्झौता गर्ने तयारी छ ।”योजना सम्झौता गर्न गाउँपालिका आउँदा स्थानीयवासीले पूरा कागजात नल्याउने समस्या रहँदा दुई÷तीन पटकसम्म एउटै कामको लागि गाउँपालिका धाउनुपर्ने बाध्यता थियो । वडामै पुगेर योजना सम्झौता गर्नुपूर्व गाउँपालिकाका प्राविधिकले योजनाको लागत इष्टमेट तयार पारेका थिए । सोही बमोजिम उपभोक्ता समितिका पदाधिकारीलाई कागजपत्र व्यवस्थापन गर्न जानकारी गराइएको थियो । “वडामै पुगेर योजना सम्झौता गर्दा सम्झौताका लागि आवश्यकपर्ने कागजपत्र व्यवस्थापन गर्न पनि स्थानीय उपभोक्तालाई सहज भयो,” प्रमुख प्रशासकीय अधिकृत सापकोटाले भने ।

प्रदेश सभासद्को प्राथमिकताः सडक र भवन

गण्डकी प्रदेशका सांसदहरुले सडक र भवन निर्माणलाई प्राथमिकता दिएर पूर्वाधार विकासको बजेट विनियोजन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित दुई प्रदेश सांसदले चालू आर्थिक वर्ष ०७७÷७८ का लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सडक र भवन निर्माणलाई प्राथमिकता दिएका हुन् ।

तनहुँ प्रदेशसभासदस्य रामबहादुर गुरुङले ब्यास नगरपालिका–४ स्थित सुवर्ण मोटरमार्गका लागि रु २५ लाख, ब्यास–१० स्थित कलेस्ती पुलबाट अधँेरीभञ्ज्याङ हुँदै धैरैनी बाटो स्तरीकरणका लागि रु २५ लाख बजेट विनियोजन गर्नुभएको छ । ब्यास –९ स्थित अमर शहीद मोटरमार्ग र ब्यास–११ स्थित बेलटारी मूलपानी मोटरमार्गका लागि रु ९÷९ लाख बजेट विनियोजन भएको प्रदेशसभा सदस्य गुरुङको सचिवालयले जनाएको छ ।

ब्यास –१० स्थित चन्द्रकान्तचोक हुँदै नयाँ बस्ती माई थुम्का मोटरमार्ग (शेवरको चौताराबाट उज्ज्वलचोकसम्म ग्राबेल) का लागि रु ११ लाख, ब्यास –८ स्थित बिलाउने खोला सामुदायिक भवन ट्रष्ट निर्माणका लागि रु दश लाख, ब्यास–९ मेवाबारी आमा समूह सामुदायिक भवन निर्माणका लागि रु दश लाख बजेट विनियोजन भएको छ ।

ब्यास–७ स्थित छापथोक सामुदायिक भवन मर्मत तथा बाटोबत्तीका लागि रु दुई लाख, ब्यास –९ गैरीश्वाँरास्थित बसाहास्थान कृषि समूहका लागि रु चार लाख, भानु नगरपालिका–१२ स्थित रुद्रदेवी आमा समूह भवन निर्माणका लागि रु ६ लाख, भानु–१३ स्थित पोखरीछाप आमा समूह भवन निर्माणका लागि रु ६ लाख, भानु नगरपालिका–११ स्थित नयाँ बिहानी प्रगतिशील आमा समूह, एकता समाज टुहुरेपसल, ढाँडफेदी समाज घर, सिमलचौर समूह भवनका लागि रु ११ लाख, भानु–१ स्थित सामुदायिक भवन ग्रिनपार्कका लागि रु ११ लाख विनियोजन भएको छ ।

भानु–३ स्थित माहा डिडमा सम्पालिङ बौद्ध गुम्बाका लागि रु पाँच लाख, भानु–३ स्थित कल्लेरी कृषि तथा माछापालन समूहका लागि रु पाँच लाख, भानु –५ स्थित भुलभुले बरादी खेलमैदानका लागि रु चार लाख, ब्यास –७ स्थित भञ्ज्याङ गोल्दी मोटरबाटो स्तरीकरणका लागि रु तीन लाख, ब्यास –११ निर्वु बाराही मन्दिर निर्माणका लागि रु दश लाख, ब्यास –३ तमु पैँधी, राधेराधे भवनका लागि रु पाँच लाख, ब्यास–८ स्थित कोरथोक आमा समूह सामुदायिक भवनका लागि रु तीन लाख, भानु –१० स्थित कालीपोखरी निर्माणका लागि रु पाँच लाख, भानु –६ स्थित रामप्रसाद स्मृति भवन निर्माणका लागि रु चार लाख, भानु –१३ स्थित कृष्णबहादुर शहीद पार्क टुटेपानी, र¥याले सामुदायिक भवन, बासपानी सामुदायिक भवन निर्माणका लागि रु दश लाख, भानु–११ स्थित कुन्छा ठार्के बाटो हुँदै पुलिमराङ बाटो स्तरीकरणका लागि रु चार लाख र भानु–६ स्थित सिमपानी बाटो स्तरीकरणका लागि रु तीन लाख बजेट विनियोजन भएको छ ।

निर्माण प्राथमिकतामा

गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत भवन निर्माणलाई प्राथमिकता दिँदै बजेट विनियोजन भएको छ । उक्त क्षेत्रका प्रदेशसभा सदस्य आशा कोइरालाले २३ योजनामध्ये ७ वटा भवन, ६ वडा सडक, २ खेल मैदान, २ उद्यान लगायतलाई बजेट विनियोजन गरेकी हुन् ।

शुक्लागण्डकी नगरपालिका अन्तर्गत शुक्लागण्डकी–२ हलेदीको शहीद स्मृति उद्यानलाई रु २५ लाख, शुक्लागण्डकी–३ कवासेको शहीद कृष्ण माविको भवन निर्माणलाई रु २५ लाख, शुक्लागण्डकी–१ थप्रेकको अमृत आमा समूहको भवन निर्माणलाई रु पाँच लाख, शुक्लागण्डकी–२ गाछेपानीको भुलभुले बाराही मोटरमार्गलाई रु छ लाख, शुक्लागण्डकी–५ बेलचौताराको शुक्ला नागढुङ्गा शवदाह गृहका लागि रु दश लाख, शुक्लागण्डकी–६ खैरेनीटारको जनसेवा मोटरमार्गलाई रु दश लाख, शुक्लागण्डकी–८ लालिमको डहरे सामुदायिक भवनलाई रु पाँच लाख, शुक्लागण्डकी –९ बाजस्थलाको बाजस्थला खेल मैदानलाई रु पाँच लाख, शुक्लागण्डकी–१० छाब्दीको देउराली आमा समूहको भवनलाई रु दश लाख, शुक्लागण्डकी–११ राईपुरको राजपुर माविलाई रु छ लाख, शुक्लागण्डकी–१२ जामुनेको जामुने फेदी सामुदायिक भवनलाई रु पाँच विनियोजन भएको छ ।

म्याग्दे गाउँपालिका–२ को पसले फौज्दार गाउँ मोटरमार्गलाई रु दश लाख, म्याग्दे–३ को एकता मगर समाजको भवनलाई रु आठ लाख, म्याग्दे–४ को छाङ थर्पु मोटरमार्गलाई रु १४ लाख, म्याग्दे –५ को आठ शहीद पार्कलाई रु आठ लाख, म्याग्दे–६ को अकला क्षेत्रभञ्याङ कृषि मोटरमार्गलाई रु दश लाख, म्याग्दे–७ को डाडाँगाउँ भ्यूटावरलाई रु आठ लाख र म्याग्दे–२ जामुनेको न्यू भिजन युथ क्लबको भवन निर्माणलाई रु तीन लाख बजेट विनियोजन भएको छ । रासस

वि.सं.२०७७ मंसिर २२ सोमवार १३:४४ मा प्रकाशित

You can share this post!

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...